प्रदेश पाँचका मुख्यमन्त्री पोख्रेल बाँके आउँदै

१५ फाल्गुन २०७६, बिहीबार १७:००
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरामा सञ्चालि कृषि तथा वन विज्ञान विश्वविद्यालयको उद्घाटनका लागि प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेल आउने भएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय चितवनको सम्बन्धन प्राप्त खजुरा गाउँपालिका वडा नं. ३ जनता नमूना माविमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजको फागुन १७ गते शनिवार ११ बजे उद्घाटनको कार्यक्रम राखिएको छ ।
खजुरा क्षेत्रका राजनीतिक दलका नेतृत्व सांसद, खजुरा गाउँपालिका, जनता नमूना मावि, व्यवस्थापन समिति तथा अन्य सरोकारवालाको लामो समयको प्रयास र पहलपछि प्राविधिक धारतर्फ कृषि विज्ञान स्नातक तह संचालन भएको छ । सञ्चालनमा आएको कृषि विज्ञान बिएस्सीएजीको उद्घाटन समारोहलाई भब्य बनाउन खजुरा क्षेत्रका अगुवाहरु लागि परेका छन् ।
मुख्यमन्त्री पोख्रेलले उद्घाटन गर्ने कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय प्राकृतिक स्रोत व्यवस्थापन कलेजको उद्घाटनलाई अझ सभ्य र भब्य बनाउनका लागि विभिन्न उपसमिति निर्माण गरेर तयारी तीव्र पारिएको प्रचारप्रसार तथा छपाई उपसमितिका संयोजक लेखनाथ सापकोटाले जानकारी दिए ।
उद्घाटन तयारीका लागि मञ्च व्यवस्थापन, अतिथि स्वागत सत्कार, जनपरिचालन, सांस्कृतिक तथा झाँकीलगायतका उपसमिति निर्माण गरिएको संयोजक सापकोटाले जानकारी दिए । यही कार्यक्रमको सन्दर्भ पारेर भोली विहान ८ बजे विश्वविद्यालय वरपर सरसफाई कार्यक्रम राखिएको जनपरिचालन संयोजक राजकुमार विकले जानकारी दिए ।

Next Post

गुणस्तरीय शिक्षामा जोड दिँदै जानकी गाउँपालिका

१५ फाल्गुन २०७६, बिहीबार १७:००
सदरलाइनडटकम, जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमअन्तर्गत स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षासम्बन्धि पदाधिकारीका लागि क्षमता विकास कार्यशाला आयोजना गरेको छ । तीन दिनसम्म सञ्चालन हुने कार्यशालाको गाउँपालिका अध्यक्ष रामनिवास यादवले बिहीवार उद्घाटन गरे । सो अवसरमा बोल्दै अध्यक्ष यादवले गुणस्तरीय शिक्षालाई केन्द्रमा राखेर गाउँपालिकाले काम […]