खजुरा गाउपालिकाले वडा नं. १ देखि सुरु गर्यो जेष्ठ नागरिकको लागि निशुल्क स्वास्थ्य शिविर

२४ आश्विन २०७४, मंगलवार १८:४८
 

सदरलाइनडटकम
२४ असोज, नेपालगन्ज : खजुरा गाउपालिकाले जेष्ठ तथा असाहे नागरिकको लागि लक्षित गरी विशेषज्ञ सहितको स्वास्थ्य शिविरको सुरुवात गरेको छ । वडा नं. राधापुरबाट सुरु गरीएको सो स्वास्थ्य शिविर गाउपालिकाको सबै वडामा सञ्चालन गरिने गाउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए ।
उनले भने–‘जेष्ठ नागरिक तथा असाहे नागरिक जो सजिलै नेपालगन्ज तथा सुबिधा सम्पन्न ठाँउमा पुगेर सेवा लिन सक्दैन उनीहरु त्यहाँसम्म पुग्नको लागि पनि अत्यन्तै कष्ट व्यहोर्नु पर्छ उनीहरुलाई लक्षित गरी घरदैलोमा नै सेवा दिने उदेश्यले शिविरको आयोजना गरिएको हो ।’
उनले लामो समयसम्म जनप्रतिनिधि विहिन अवस्थामा रहेको स्थानीय तहमा जनप्रतिनिधि निर्वाचति भएर आएपछि जनताले प्रतक्ष महशुस गर्ने गरी सेवा दिनको लागि पनि गाउपालिकाले शिक्षा स्वास्थ्य र कृषि जस्ता क्षेत्रमा केही नयाँ काम गर्ने सोचका साथ अघि बढेको बताए ।
खजुरा गाउपालिककाको वडा नं. १ मा ४ सय ५० जनाले विभिन्न शिर्षकको समाजिक सुरक्षा भत्ता लिने गरेको र निशुल्क स्वास्थ्य शिविर पनि उनीहरुको लागि नै संचालनमा ल्याईएको वडा अध्यक्ष सुमन मल्लले जानकारी दिए । उनले भने–‘कमजोर शारिरीक अवस्थाका कारण स्वास्थ्य परिक्षण गराउन जना नसक्नेहरुका लागि आफ्नै वडामा घरदैलोमा विशेषज्ञ सहितको डाक्टरहरुले सेवा दिने भएकोले पनि यो शिविरको प्रभावकारिता देखिएको छ ।’
सो स्वास्थ्य शिविरमा भेरी अञ्चल अस्पतालका सिनियर कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे, डा खगेन्द्र शाही जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दलगायतको टिमले सेवा दिएको थियो । शिविरमा चेक जाँचको लागि आएको अधिकांश विरामीमा हाईपरटेन्सन, सुगर, दम र मुटु सम्बन्धी समस्याले ग्रस्थ भएको पाईएको डा. खगेन्द्र शाहीले जानकारी दिए । सो शिविरमा १ सय ५० बढीको स्वास्थ्य परिक्षण गरिएको थियो भने बुधबार वडा नं. २ सितापुरमा सञ्चालन गरिने गाउपालिकाले जनाएको छ ।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सवारी चालक लाईसेन्समा ‘सेटिङ्ग’ गर्नेको विगविगी

२४ आश्विन २०७४, मंगलवार १८:४८
सदरलाइनडटकम  २५ असोज, नेपालगन्ज : लामो समयको अन्तरालपछि यातयात व्यवस्था कार्यालय भेरीले विभिन्न वर्गको लागि सवारी चालक अनुमती पत्र (ड्राईभिङ्ग लाईसेन्स) को आवेदन खोलेको छ । आवेदन खुलेसंगै लाईसेन्समा पास गराईदिने र सेटिङ्ग गर्नेहरुको चुरीफुरी पनि त्यत्तिकै बढेको छ । दशै अघिदेखि नै टेक्टरको लाईसेन्सको लागि आवेदन खोलेको सो कार्यालयले […]