शुक्रवार बाँकेमा ११ जना कोरोना संक्रमित थपिए

सदरलाइन संवाददाता २० श्रावण २०७९, शुक्रबार १४:३८
 

नेपालगञ्ज : बाँकेमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ११ जनाको परीक्षण गर्दा १० र जमुनाहा नाकामा एन्टिजेन परीक्षणबाट १ गरी ११ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये ४ जना बाँकेका हुन् भने ७ जना जिल्ला बाहिरका हुन् । शुक्रवार संक्रमण पुष्टि भएकासँगै बाँकेमा कोरोनाका कूल संक्रमितको संख्या २१ हजार १९६ पुगेको छ । तिमध्ये २० हजार ७९८ जना निको भइसकेका छन् ।


जिल्लामा सक्रिय संक्रमितको संख्या ४५ रहेको छ । उनीहरु सबै होमआइसोलनमा स्वास्थ्य लाभ गरिरहेको फोकलपर्सन वलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा एक कोरोना संक्रमितको मृत्यु

२० श्रावण २०७९, शुक्रबार १४:३८
कैलाली : कैलालीको सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका ६ का ५० वर्षीय पुरुषको शुक्रवार ८ बजेर ५ मिनेटमा मृत्यु भएको हो । अल्कोहोलिक हेपाटाईटिसका बिरामी रहेका उनलाई कोरोना टेष्ट गर्दा पोजेटिभ देखिएपछि बिहीबारदेखि अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो […]