लैंगिक हिंसाविरुद्धको सोह्र दिने अभियान आइतवारदेखि शुरु

९ मंसिर २०७५, आईतवार १५:३१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आइतवारदेखि शुरु भएको छ । ‘लैंगिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने मूल नाराका साथ १६ दिने अभियान शुरु भएको हो ।
नेपालमा २०५४ सालदेखि महिला तथा बालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लैंगिक समानता कायम गर्न नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धमा विविध सचेतनामूलक कार्यक्रम गरिँदै आएको छ ।
लैंगिक हिंसाविरुद्धको अभियानका अवसरमा बाँकेमा पनि विभिन्न कार्यक्रम गरिँदै छ । संघीय सरकारका मन्त्रालय, सातवटै प्रदेश सरकार, सबै जिल्ला समन्वय समितिले विभिन्न कार्यक्रम गरी सामाजिक सचेतना अभियान सञ्चालन गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जनाएको छ । यसैबीच लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सन्देश जारी गर्दै नेपालले महिला हक, अधिकारको संरक्षणमा ठूलो उपलब्धि हासिल गरेको बताएका छन् ।

Next Post

बागलुङको ढोरपाटनमा आगलागी हुँदा तीस घर जले

९ मंसिर २०७५, आईतवार १५:३१
सदरलाइनडटकम, बागलुङ : बागलुङमा भीषण आगलागी हुँदा ३० घर जलेर नष्ट भएका छन् । ढोरपाटन नगरपालिका ९ नवि बस्तीमा शनिवार राती करिब दुई बजे आगलागी भएको हो । नजिकै रहेका २३ घर भने जोगाउन सफल भएको हनुमान ध्वज गण गुल्मका नेपाली सेनाको टोलीले जनाएको छ । ढोरपाटनका बासिन्दा चैत्रदेखि कार्तिक महिनासम्म […]

सम्बन्धित