डडेल्धुरामा आत्महत्या गर्नेको संख्यामा बृद्धि

२९ श्रावण २०७६, बुधबार १६:४५
 

सदरलाइनडटकम,
डडेल्धुरा : आत्महत्या गर्नेहरुको संख्या डडेल्धुरामा बढ्दै गएको एक तथ्यांकले देखाएको छ । गत आर्थिक वर्ष २०७५ साउन महिनादेखि २०७६ असार मसान्तसम्मको तथ्यांक हेर्दा डडेल्धुराका विभिन्न स्थानमा आत्महत्या गर्नेको संख्या ३१ छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सञ्चारकर्मीसंगको परिचयात्मक कार्यक्रममा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले प्रस्तुत गरेको तथ्यांकमा झुण्डिएर आत्महत्या गर्नेको संख्या २३ छ भने विष सेवन गरी आत्महत्या गर्नेको संख्या आठ गरी ३१ रहेको छ । आर्थिक वर्ष २०७३/७४ मा १४ जना र २०७४/७५ मा १० जनाले झुण्डिएर आत्महत्याको प्रहरीको तथ्यांकमा देखिन्छ ।
गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका कूल मुद्दा ८० छन् । यसमध्ये सबैभन्दा बढी आत्महत्याका मुद्दा भएको प्रहरी नयाब उपरीक्षक न्यौपालेले जानकारी दिए । यसले एकातिर अपराध बढ्दै गएको देखिन्छ भने अर्काे तर्फ प्रहरीको सक्रियता बढेसंगै मुद्दाको सख्ंयामा वृद्धि भएको उनको अनुमान छ ।

Next Post

संस्कृत विश्वविद्यालयमा तालाबन्दी

२९ श्रावण २०७६, बुधबार १६:४५
सदरलाइनडटकम, दाङ : नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१९ स्थित जनता विद्यापीठमा विद्यार्थीले ताला लगाएका छन् । आयुर्वेद उत्तर माध्यमा तेस्रो वर्षका विद्यार्थीले बुधबार विद्यापीठमा ताला लगाएका हुन् । नियमित पठनपाठन हुनुपर्ने, पुस्तकालयमा आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै तालाबन्दी गरिएको विद्यार्थीहरुले बताएका छन् । विद्यापीठमा पढाउन प्राध्यापकहरु नआउने गरेको […]

सम्बन्धित

ताजा अपडेट