बागेश्वरी एफएमद्वारा प्रेस युनियनका नवनिर्वाचित पदाधिकारीको सम्मान

सदरलाइन संवाददाता २९ श्रावण २०८०, सोमबार १६:५७
 

नेपालगञ्ज : नेपाल प्रेस युनियन बाँकेका नवनिर्वाचित अध्यक्ष प्रियास्मृति ढकाललाई सोमवार बागेश्वरी एफएमले सम्मान गरेको छ ।

सोमवार बागेश्वरी एफएम कार्यालयमा बागेश्वरी मिडिया नेटवर्क प्रालिका प्रवन्ध निर्देशक अर्जुन गिरीको प्रमुख आतिथ्यमा नवनिर्वाचित अध्यक्ष ढकालसहित सचिव भीष्म लोध र सदस्यद्वय अनिल गौतम र सुकराम चिडिमार र बागेश्वरी एफएमकी युवा प्रतिभा पत्रकारिता पुरस्कारबाट सम्मानित सुमित्रा पण्डितलाई सम्मान गरिएको हो ।


सम्मान कार्यक्रममा संस्थाका प्रमुख कर्यकारी अधिकृत नवीन गिरी, बागेश्वरी एफएमका स्टेशन म्यानेजर शुक्रऋषि चौलागाईं, सहायक स्टेशन म्यानेजर यदुराज मिश्र, लुम्बिनी प्रदेश प्रेस युनियनका उपाध्यक्ष जयसिंह केसी, प्रेस चौतारीका नेता विश्वराज पछल्डङ्या, वरिष्ठ पत्रकार राधेश्याम दाहाल, बागेश्वरी एफएमका पुर्णचन्द्र सुवेदी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

ढकाल गत शनिबार सम्पन्न प्रेस युनियन बाँकेको १२ औं अधिबेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । अधिबेशनमा ढकालसहित पुरै प्यानल निर्वाचित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बबई नदीमा डुबेर बेपत्ता भएका तीन जना अझैं भेटिएनन्

२९ श्रावण २०८०, सोमबार १६:५७
बर्दिया : आइतबार बबई नदीमा दाउरा समात्ने क्रममा भेलले बगाएर बेपत्ता भएकाहरू अझैं भेटिएका छैनन् । नेपालतर्फ बर्दिया क्षेत्रमा नभेटिएपछि उनीहरुलाई नदीले बगाएर भारत पु¥याएको हुनसक्ने आशंका गरिएको छ । बबई नदीले सर्तकता तह पार गरेको अवस्थामा दाउरा छोप्ने क्रममा गुलरिया नगरपालिका निवासी ३ जना पुरुषलाई नदीको भेलले बगाएपछि उनीहरु […]

सम्बन्धित