नेपालगञ्जका ३९ स्थानमा हाईमाष्ट लाईट राखिदै

२ फाल्गुन २०७६, शुक्रबार १७:१२
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्ज उप–महानगरपालिका तीन दर्जन बढि स्थानमा हाईमाष्ट लाईट जडान गरिने भएको छ । नगरको वीपीचोकमा जडान गरिएका जस्तै थप स्थानमा हाईमाष्ट लाईट जडान गर्न लागिएको हो ।
नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा नेतृत्वको जनप्रतिनिधी र प्राविधिक सहितको टोलीले हाईमाष्ट लाईन जडान गरिने क्षेत्रको स्थलगत अनूगमन गरि रेखांकन गरेको छ । नगर प्रमुख राणाका अनुसार नगरका ३९ वटा स्थानमा हाईमाष्ट लाईन जडान हुनेभएको छ ।
उप–महानगरपालिकाका सबै वडा समेटेर प्रमुख चोकहरुमा हाईमाष्ट लाईट जडान हुने भएको छ । हाईमाष्ट लाईटका लागि टेण्डर भईसकेपछि छिटो काम सुरुवात गराउनका लागि बिहिवार नगर प्रमुख राणा कार्यालय समयपछि प्राविधिक कर्मचारी र जनप्रतिनिधीसहित रेखांकनका लागि आफै हिडेका छन ।
प्रमुख राणासँगै वडा नम्बर ४ का अध्यक्ष मो. सफिक वेहना, वडा नम्बर १४ का वडा अध्यक्ष ओमकार मिश्रा, कार्यपालिका सदस्य कौशलकुमार धोवी र ईञ्जिनियर सुरज शर्मा रहेका छन् ।
वडा नम्बर ४ का अध्यक्ष वेहनाले असार मसान्तभित्र काम सम्पन्न गर्नेगरि ठेक्का सम्झौता भएको जानकारी दिए । संघीय आयोजना कार्यान्वयन ईकाई अन्तर्गत हाइमाष्ट लाईट जडानका लागि तिन करोड रुपियामा ठेक्का सम्झौता भईसकेको ईञ्जिनियर होमनाथ भुषालले जानकारी दिए ।
तत्कालिन शहरी विकास मन्त्री मो ईस्तियाक राईको सक्रियतामा सो योजना नेपालगन्ज उपमहानगरमा पारिएको हो ।

Next Post

एक्स्पोको बारेमा सांसदहरुसँग छलफल

२ फाल्गुन २०७६, शुक्रबार १७:१२
सदरलाइनडटकम, दाङ  : दाङको बेलझुण्डीमा सञ्चालन हुन लागेको प्रदेश एक्स्पोलाई प्रभावकारी बनाउन संघीय सांसद र प्रदेश सांसदसँग छलफल भएको छ । जिल्ला समन्वय समितिमा शुक्रबार सांसदहरुसँग छलफल भएको हो । जिल्ला समन्वय समितिका प्रमुख तथा प्रदेश एक्स्पो मूल समारोह व्यवस्थापन तथा कार्यक्रम सञ्चालन उप समितिका संयोजक जितेन्द्रमान नेपालीको अध्यक्षता भएको […]

सम्बन्धित