कोहलपुर बसपार्कमा एक पुरुष मृत अवस्थामा फेला

सदरलाइन संवाददाता २० असार २०८०, बुधबार १३:०२
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ कोहलपुर बसपार्क स्थित प्रतिक्षालयमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

बुधबार बिहान करीब ४ बजे ५ फिट ४ ईन्च उचाई भएको, अन्दाजी ३७ वर्षीय पुरुष मृत्यु भएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उक्त मृतक लाशको हाल सम्म एकिन पहिचान हुन नसकेको डिएसपी तिवारीले बताए ।


उक्त मृतक लाशको लाशजाँच मुचुल्का समेतको कार्य सम्पन्न गरी मृतकको शव भेरी अस्पताल नेपालगञ्जको लाश घरमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हुलाकी राजमार्ग कालोपत्रे भएपछि स्थानीयलाई सहज

२० असार २०८०, बुधबार १३:०२
नेपालगञ्ज : हुलाकी सडक अन्तर्गत बाँकेको फत्तेपुरदेखि वैजापुरसम्मको सडक कालोपत्रेको काम अघि बढेपछि राप्ती–सोनारी गाउँपालिकाका बासिन्दालाई सदरमुकाम नेपालगञ्ज आउनजान सहज भएको छ । पूर्वबाट नेपालगञ्ज पुग्ने यात्रुहरुका लागि सहज भएको स्थानीयले बताएका छन् । राप्ती सोनारी गाउँपालिका –३ बैजापुरका विनोद थारुले सडक कालोपत्रे भएपछि वडा नम्बर १, २, ३, ४, […]