विउविजन नपाउँदा बाँकेका किसान समस्यामा

सदरलाइन संवाददाता १८ मंसिर २०७८, शनिबार १६:२२
 

नेपालगञ्ज : बाँकेका किसानहरुले वीउविजन नपाएको गुनासो गरेका छन् । हरियो तरकारी खेती गर्ने सिजनमा वीउविजन पाउन नसकेको भन्दै किसानहरु चिन्तित भएका छन् ।

डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाका किसान नरेश धोवीले गोलभेडा, टमाटर, काउलीलगायतको वीउ नपाएको गुनासो गरे । किसानले समयमै वीउविजन तथा रासायनिक मल नपाउँदा आन्तरिक उत्पादनको ठूलो हिस्सा सीमापारी भारतीय तरकारीले ओगटेको छ ।

चौधरीपूर्वा बाँकेका किसान सन्तराम कोरीले वीउविजन नपाउँदा तयार पारे जतिको जग्गामा हरियो तरकारी लगाउन नसकिएको बताए ।


नेपालगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको चार महिनामा मात्रै भारतबाट आएको करिव ६० करोडको हरियो तरकारी नेपालगञ्जमा खपत भएको छ ।

भन्सार छलेर साइकलबाट पनि ठूलो परिमाणमा भारतीय तरकारी नेपाली भान्छामा पुग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा १ संक्रिमत थपिँदा १ जना डिस्चार्ज

१८ मंसिर २०७८, शनिबार १६:२२
नेपालगञ्ज : बाँकेमा शनिवार थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई वटा प्रयोगशालामा ४६ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा २५ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ । […]