मुस्लिम युवाहरुले पनि लगाए तिहारको भाइ टीका

सदरलाइन संवाददाता २९ कार्तिक २०८०, बुधबार १४:०९
 

नेपालगञ्ज : पर्वहरु विशेषगरी धर्म र समाज अनुसार रहेकोर सोही बमोजिम मनाउने गरिन्छ । तर, फरक धर्म र समुदायका मानिसहरुले पनि अर्को धर्म वा समुदायको पर्वलाई सहर्ष स्विकार गरी सम्मानका साथ मनाउँदा धार्मिक सहिष्णुता र स्वतन्त्रता झल्किन्छ ।

यस्तै बाँकेको नरैनापुरका मुस्लिम समुदायका युवाहरुले हिन्दु धर्म अन्तर्गत मनाइने तिहार मनाउँदै आएका छन् । उनीहरुले यस वर्षको तिहारमा पनि हिन्दु परम्परा अनुसार भाइटिका लगाएका छन् । उनीहरुले राप्ती सोनारीकि एक हिन्दु महिलाबाट टिका लगाएका हुन् ।

नरैनापुर गाउँपालिका वडा नं ३ का साकिर खान र सोही ठाउँ बस्ने राज खान मुस्लिम समुदायको भए पनि हिन्दूहरूको तिहार पर्व अति नै मनपर्ने हुनाले मनाउँदै आएको बताउँछन् । तिहार पर्व दाजुभाइ र दिदी बहिनीहरूको आत्मिएता जोड्ने पर्व भएको हुनाले विगत लामो समयदेखि तिहारको सप्तरङ्गी टिका लगाउँदै आएको साकिर खानले बताए। राप्ती सोनारी ५ घर भएकि तारा ओलीको घरमा गई उनीहरुले टिका ग्रहण गरेका छन् ।

बुधबार परेको तिहारमा पनि दिदी तारा ओलीको हातबाट टिका, मालामा सजिएर भाइटिका मनाएका थिए। दिदी ओली भए पनि आफू पनि सोही परिवारको सदस्य जस्तै लागेको हुनाले दिदी मानेर तिहारको सप्तरङ्गी टिका लगाउँदै आएको बताए। तारा ओलीले आफ्ना दाजुभाइ जस्तै मानेर हरेक वर्ष उनलाई संगै राखेर तिहार पर्व मनाउने गरेको बताइन् ।


साकिरले रक्षा बन्धनमा राखी बाँध्छन् । दशैँमा निधारमा टीका र कानमा जमरा लगाएर आशिर्वाद थाप्छन् । आज तिहारमा टीका लगाए । एउटा मुस्लिम परिवारमा जम्मिएर हिन्दूको पर्वमा यसरी उत्सव मनाउनु साँच्चिकै कठिन छ । सन्देश भने त्यत्तिकै बलियो ।

यी गतिविधिलाई साकिरले धर्मभन्दा माथि राखेर हेर्छन् । उनलाई लाग्छ, एक धर्मको आस्थालाई अर्को धर्मले सम्मान गर्नुपर्छ । तर, धर्मको सम्मान भन्दै राजनीतिक आस्थाका आधारमा मुस्लिमले मन्दिरमा गएर पूजा, आरती गर्नु र हिन्दुले मस्जिदमा गएर नमाज पढ्नुलाई चाहिँ ढोंग ठान्छन् राज खान ।

बाँकेको नरैनापुर जहाँ उनी जन्मिए । जहाँ हिन्दू र मुस्लिमको मिश्रित बसोवास छ । यसै पनि नेपाल बहुजाती, बहुभाषी र बहु धार्मिक र भौगोलिक विविधतामा फैलिएको मुलुक हो ।

साकिरले चेतना खुलेपछि निरन्तर देख्दै आएको कुरा हो, चाडपर्वका बेला एकअर्का धार्मिक समुदायबीचको सौहार्दता । तिहार जसलाई दिपावलीका रुपमा सबैले उत्सव मनाउँथे । उसै गरी इद, छट, फागु सेलिब्रेट गर्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फूल नबिकेपछि किसान चिन्तामा

२९ कार्तिक २०८०, बुधबार १४:०९
टीकापुर : यसवर्ष टीकापुरका फूल व्यवसायीहरु घाटामा गएका छन् । तिहारको अन्तिम दिन भाइटीकामा पनि फूल नबिकेपछि व्यवसाय घाटामा गएको भन्दै किसानहरु चिन्तामा परेका हुन् । फूल प्रतिकिलो ५०० का दरले बिक्थ्यो, टिपेको पाँच क्विन्टल फूल खेर गएको छ यत्तिकै मात्राको फूल टिप्न बाँकी छ, एक विघा पाँच कठ्ठा जमिनमा […]

सम्बन्धित