बाँकेका प्रमुख जिल्ला अधिकारीलाई कोरोना

सदरलाइन संवाददाता १२ कार्तिक २०७७, बुधबार ०८:५६
 

नेपालगञ्ज : बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना संक्रमण भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ जिल्ला प्रशासन कार्यालयमा रहेको निजी निवासमै आइसोलेशन बसेका छन् ।


प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले आफुमा संक्रमण पुष्टि भएको जानकारी गराउँदै आफूसँग सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् । बाँकेमा यसअघि सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई पनि संक्रमण देखिएको थियो ।

Next Post

सहकारी मार्फत खसीबोका खरिद बिक्रि गर्न थालेपछि लाभान्वित हुँदै बाँकेका किसान महिला

१२ कार्तिक २०७७, बुधबार ०८:५६
नेपालगञ्ज  : बाँकेको राप्तिसोनारी गाँउपालिकाका महिला साना किसानहरु आफुले उत्पादन गरेका खसी, बोका र बाख्रा सहकारीद्वारा सामुहिक रुपमा संकलन गरी बजारीकरण गर्न थालेपछि उनिहरु आत्मनिर्भर बन्दै गएका छन् । गामिण गृहणी महिलाले पालेका खसी बाख्राले उचित बजार मुल्य नपाई रहेको अवस्थामा उनिहरुले पछिल्लो समय सहकारी मार्फत बजारिकरण गर्न थालेपछी साना […]