रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

सदरलाइन संवाददाता २३ श्रावण २०८०, मंगलवार १६:३५
 

नेपालगञ्ज : रोल्पामा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । शहीदमार्ग अन्तर्गत परिवर्तन गाउँपालिकाको बाघमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गैरीगाउँस्थित रिचीमा दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुने तीन जना पुरुष र एक जना महिला छन् । उनीहरुको पहिचान नखुलेको प्रहरीले जानकारी दिएको छ ।


दुर्घटनामा १४ जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेको अझै पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले जानकारी दिए । उनले भने, ‘दुर्घटनामा अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ । १४ जना घाइते भएका छन् भने एक जना बालक भेटिएका छैनन् ।’

रोल्पाको बाघमाराबाट हिँडेको बस पानी परेर चिप्लो भएका कारण दुर्घटनामा परेको अनुमान प्रहरीको छ । बस शहीदमार्ग अन्तर्गत रिचीको घुम्तीबाट करिब एक सय मिटर तल खोलामा खसेको थियो । दुर्घटनामा घाइतेको उद्धारपछि रोल्पाको रेउघास्थित जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

किशोरीलाई जबरजस्ती करणी गर्ने युवक पक्राउ

२३ श्रावण २०८०, मंगलवार १६:३५
नेपालगञ्ज : १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । दैलेख दुल्लु नगरपालिका–६ धामीगाउँ बस्ने २३ वर्षीय सुरेश रावललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । रावलले ती किशोरीलाई गत बिहीबार नेपालगञ्ज घुम्न जाउँ भनि ललाई फकाई बाँके नेपालगञ्ज उपमहानगरपालिका–१ पुष्पलाल चोकस्थित होटलमा लगी जबरजस्ती […]