किशोरीलाई जबरजस्ती करणी गर्ने युवक पक्राउ

सदरलाइन संवाददाता २४ श्रावण २०८०, बुधबार १४:५२
 

नेपालगञ्ज : १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

दैलेख दुल्लु नगरपालिका–६ धामीगाउँ बस्ने २३ वर्षीय सुरेश रावललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।


रावलले ती किशोरीलाई गत बिहीबार नेपालगञ्ज घुम्न जाउँ भनि ललाई फकाई बाँके नेपालगञ्ज उपमहानगरपालिका–१ पुष्पलाल चोकस्थित होटलमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ पक्राउ गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इनिग्माका विद्युतीय स्कुटरको शोरुम कोहलपुरमा

२४ श्रावण २०८०, बुधबार १४:५२
कोहलपुर (बाँके) : कोहलपुर ११ न्युरोड गोलपार्क नजिक नेशनल सोलार कम्पनी भएको घरमा ईनिग्माका विद्युतीय स्कुटरको शोरुम सञ्चालनमा आएको छ । कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदी तथा उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्षमणराज पौडेलले संयुक्तरूपमा रिवन काटेर उदघाटन गरेका हुन् । उदघाटन कार्यक्रममा बोल्दै उपप्रमुख सुवेदीले कोहलपुर उदाउँदो शहरका रूपमा […]