नेपाल सम्वतका अवसरमा नेपालगञ्जमा र्याली

२२ कार्तिक २०७५, बिहीबार १५:१०
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको रुपमा प्रचलनमा ल्याउने निर्णयलाई कार्यान्वयनको लागि माग गरिएको छ । नेपाल सम्वत ११३९ को अवसरमा बिहीबार नेपालगञ्जमा आयोजित कार्यक्रममा सहभागिले सो कुराको माग गरेका हुन ।
विभिन्न समुदायको पर्व र सस्कृतिमा बाँकेमा जनप्रतिनिधि राजनीतिक दल, समाजिक अगुवा, विभिन्न धर्मका धर्मगुरु, प्रशासन तथा निजामति कर्मचारीको घुईचो लाग्ने गरेकोमा भने नेपाल संवत मनाउनको लागि नेपालगञ्जमा नेवार समुदायका अगुवा, स्थानीय व्यावसायी नेता अत्यन्तै न्यून जनप्रतिनिधिको सहभागिता रहेको थियो ।
नेवाःपुचः बाँकेको आयोजनामा भएको कार्यक्रमलाई नेपालगञ्ज उप–महानगरका उपमेयर उमा थापामगरले उद्दघाटन गर्दै नेपाल संवत तथा नयाँ वर्षको रुपमा मनाउदै यस संवतलाई पनि कामकाजी बनाईनु पर्ने बताईन । उनले नेपाल संवतको सुरुवातकर्ताको रुपमा रहेका राष्ट्रिय विभुती शंखाधर साख्वलाई स्मरण समेत गरिन ।
नेवाःदयःदवु, झिगु गुठीका अध्यक्ष नेपाल उद्योग बाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रचलनमा ल्याउन आग्रह गरे । उनले भने–‘नेपाल संवत कुनै पनि समुदायको मात्र नभएर समग्र नेपालीको पहिचान सहितको संवत हो तर, राज्यले नेपाल संवतको कार्यान्वयन गर्न नसकेकोले नेवार समुदायको मात्र नयाँ वर्ष तथा संवत हुनु दुखद कुरा हो ।’   
समाजसेवी ज्ञानेन्द्र कुमार श्रेष्ठले सञ्चालन गरेको सो कार्यक्रमको महत्वको बारेमा पत्रकार पूर्णलाल चुकेले प्रष्ट पारे भने उद्योग बाणिज्य सघंका अधयक्ष नन्दलाल बैष्य, लायन्सका पूर्व डिष्टिक गर्भनरद्वय सेम शाक्य, मधुसुधन शर्मा, नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरु अचुत प्रसाई दामोदर आचार्यलगायतले शुभकामना ब्यक्त गरेका थिए ।
नेवा पुच बाँकेकी अध्यक्ष नन्दकला श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा राजा गुठी, भृकुटीनगर गुठी, कोहलपुरस्थित भीमसेन गुठी, पुरैना गुठी, घरवारीटोल गुठी लगायतको सहकार्य रहेको नेवाःपुचः बाँकेका सचिव विवेक श्रेष्ठले जानकारी दिए । राष्ट्रिय विभुती शंखधर साख्वाले नेपाली किसानको ऋण चुक्ता गरी ऋणमुक्त बनाएको खुसीयालीमा यो संवत सुरु भएको हो ।
देशको नाममा रहेको र शासकको नाममा नरहेको यो संवत ८८८ बर्षसम्म आधिकारिक संवतका रुपमा मनाईन्थ्यो । तर, राणाकालमा विक्रम संवतलाई प्रचलनमा ल्याई नेपाल संवत ओझेलमा पार्दै लगिएपछि नेवार समुदायको पर्वको रुपमा मात्र मनाउन लागिएको हो ।


 

Next Post

यमपञ्चकको चौथो दिन गोरु र गोबर्धन पूजा गरिँदै

२२ कार्तिक २०७५, बिहीबार १५:१०
सदरलाइनडटकम, नेपालगञ्ज : यमपञ्चक अर्थात् तिहारको चौथो दिन बिहीवार गोबर्धन र गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई लक्ष्मीको प्रतीकका रुपमा सिंग र खुरमा तेल तथा जीउमा रातो पहेंलो छाप लगाई बुधवार पूजा गरेपछि बिहवार गोरु पूजा गर्ने प्रचलन छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औंसीकै दिनमा गाई […]

सम्बन्धित