कोहलपुरमा नापतौल यन्त्र तथा नवीकरण शिविर सञ्चालन

सदरलाइन संवाददाता २३ श्रावण २०८०, मंगलवार १३:१८
 

नेपालगञ्ज : नापतौल यन्त्र दर्ता तथा नवीकरण सम्बन्धी शिविर सोमबारदेखि कोहलपुरमा शुरु भएको छ । कोहलपुर उद्योग वाणिज्य संघ कोहलपुरको आयोजना र गुणस्तर तथा नापतौल कार्यालय नेपालगञ्जको समन्वयमा उक्त शिविरको शुरु भएको हो ।

शिविर साउन २८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । कोहलपुरमा हाल दुई हजार पाँच सय जना व्यवसायी छन् ।


व्यवसायीहरूले गुणस्तर नापतोलको दर्ता तथा नवीकरण गर्न नेपालगञ्ज जानु पर्ने बाध्यतालाई मध्यनजर गरी नापतोल तथा क्षेत्रीय गुणस्तर कार्यालयसँग समन्वय गरी शिविर सञ्चालन गरिएको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पोडेलले जानकारी दिए ।

यो शिविरले यहाँका व्यवसायीलाई सहयोग पुर्याउने उनको भनाई रहेको छ । “यसमा यहाँका व्यवसायीको उल्लेख्य सहभागिता हुने अपेक्षा छ ।’ व्यवसायीहरूको हकहितका लागि उद्योग वाणिज्य संघ सधैभरि लागि पर्ने अध्यक्ष पोडेलले बताए । नापतौल यन्त्र दर्ताका लागि पटकपटक नेपालगञ्ज धाउन पर्ने बाध्यतालाई मध्यनजर गरी यो शिविरले सहज हुने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आँखा पाक्ने रोगको प्रकोपले नेपालगञ्जका विद्यालय बन्द

२३ श्रावण २०८०, मंगलवार १३:१८
नेपालगञ्ज : आँखा पाक्ने (कन्जक्टिभाइटिस एनिडो भाइरस) रोगको प्रकोप बढेपछि नेपालगञ्जका निजी तथा संस्थागत विद्यालय बन्द भएका छन् । आँखा पाक्ने रोगका कारण विद्यार्थी अनुपस्थित हुन थालेपछि शुक्रवारसम्मका लागि विद्यालय बन्द गरिएको वेष्टजोन माध्यमिक विद्यालयका प्रिन्सिपल आरके गौतमले बताए । उनले संक्रमण तीव्र गतिमा फैलिएको र संक्रमित बालकालिकाबाट अन्य विद्यार्थीमा […]