सदरलाइनडटकम,
काठमाण्डौ : अफगानिस्तानको कुन्दुज प्रान्तमा भएको हवाई आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ । मारिनेमा अधिकांश बालबालिका रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
अफगानिस्तानमा तैनाथ अन्तर्राष्ट्रीय फौजले गरेको हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । शुक्रबार राति अबेरदेखि शनिबार बिहान सबेरैसम्म हवाई आक्रमण भएको थियो । प्रारम्भिक विवरण अनुसार मारिएकामध्ये दश जना बालबालिका रहेका छन् ।
अफगानिस्तानस्थित राष्ट्रसंघीय मिसनद्वारा हिजो जारी वक्तव्यमा उल्लेख छ । अफगानी फौजको मद्दतका लागि अन्तर्रा्ष्ट्रिय गठबन्धन फौजले हवाई आक्रमण गरेको अफगानी अधिकारीहरुले बताएका छन् । नेटोका एक जना प्रवक्ताले आक्रमणका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
(एजेन्सी)
