आँखा पाक्ने रोगको प्रकोपले नेपालगञ्जका विद्यालय बन्द

सदरलाइन संवाददाता २३ श्रावण २०८०, मंगलवार १३:२६
 

नेपालगञ्ज : आँखा पाक्ने (कन्जक्टिभाइटिस एनिडो भाइरस) रोगको प्रकोप बढेपछि नेपालगञ्जका निजी तथा संस्थागत विद्यालय बन्द भएका छन् । आँखा पाक्ने रोगका कारण विद्यार्थी अनुपस्थित हुन थालेपछि शुक्रवारसम्मका लागि विद्यालय बन्द गरिएको वेष्टजोन माध्यमिक विद्यालयका प्रिन्सिपल आरके गौतमले बताए ।

उनले संक्रमण तीव्र गतिमा फैलिएको र संक्रमित बालकालिकाबाट अन्य विद्यार्थीमा पनि सर्ने खतरा देखिएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको बताए । ‘प्याब्सनसँग समन्वय गरेर विद्यालय बन्द गरिएको छ,’ उनले भने ।

प्याब्सन नेपालगञ्जका अध्यक्ष विकास बज्राचार्यले आँखा पाक्ने समस्या देखिएका विद्यालयलाई पठनपाठन बन्द गर्न सुझाव दिएको बताए । नेपालगञ्जका विद्यालयमा अध्ययनरत २५–३५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएको उनको भनाई छ । ‘उपमहानगरसँग समन्वय र छलफल गरि धेरै समस्या देखिएका विद्यालयलाई मंगलवारदेखि बन्द गर्न भनेका छौँ । बुधवारदेखि सम्पूर्ण विद्यालय बन्द गर्न प्याब्सनले मंगलवार आधिकारिक सूचना निकाल्ने योजना छ,’ उनले भने ।


नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले नगरका सम्पूर्ण विद्यालय बुधवारदेखि बन्द गर्ने तयारी भएको बताए । उनले विद्यालय बन्दका लागि प्याब्सन, एनप्याब्सन लगायतसँग छलफल भइरहेको बताए ।

एउटै विद्यालयमा सय–दुई सय विद्यार्थीको आँखा पाक्ने समस्या देखिएको बताउँदै उनले विद्यालय बन्दका लागि उपमहानगरले मंगलवार सूचना जारी गर्ने स्पष्ट पारे । ‘प्रकोप देखिएका विद्यालयलाई अवस्था हेरेर बन्द गर्न भनेका छौँ,’ उनले भने ।

खजुरा गाउँपालिकाका विद्यार्थीमा पनि आँखा पाक्ने रोगको प्रकोप देखिएको शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिए । उनले विद्यार्थीमा आँखा पाक्ने रोग फैलिएको खवर पाएको बताउँदै मंगलवार अनुगमन गरेर विद्यालय बन्द गर्ने–नगर्ने निर्णय गर्ने तयारी भएको बताए । ‘सोमवार विद्यालयको अनुगमन गर्ने र अवस्था हेरेर विद्यालय बन्द गर्ने योजना थियो । वर्षातका कारण अनुगमन हुन सकेन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा नेपाल स्वयंसेवी रक्तदाता समाज गठन

२३ श्रावण २०८०, मंगलवार १३:२६
कोहलपुर (बाँके) : कोहलपुर देशकै नमूना शहरका रूपमा विकसित हुँदै गर्दा उपचारका लागि आउने बिरामीहरुको चाप पनि बढ्दै गएको छ । कोहलपुर मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दैनिक बिरामीहरुको चाप बढ्दैजाँदा रगतको अभाव त्यतिकै बढेको छ । कोहलपुरमा आएका बिरामीहरुलाई रगतको अभाव हुन नदिन कोहलपुरका प्रतिष्ठित व्यक्तिहरुको भेलाले कोहलपुर नगरस्तरीय […]