कोहलपुरमा दुईदिने मोबाईल एप्लिकेसन तालिम सुरु

३० फाल्गुन २०७६, शुक्रबार ०९:३९
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके)  : बाँकेको कोहलपुर नगरपालिकामा खानेपानी सरसफाई तथा स्वच्छता योजना निर्माणका लागि मोबाईल एप्लिकेशन मार्फत तथ्याङ्क संकलन तथा सम्पादन सम्बन्धी दुई दिने तालिम बिहिवारबाट सुरु भएको छ ।

कोहलपुर नगरपालिका बिपद व्यस्थापन संयोजक दयाराम बिकको अध्यक्षतामा सुरु भएको सो तालिम प्रदेश सरकारको एक घर एक धाराको पहुँच, सम्पुर्ण घरधुरीमा खानेपानी र शौचालयको अवस्था स्थानीय तहस्तरमा घरधुरिको सर्वेक्षण गरि विद्यमान खानेपानी सरसफाई र स्वच्छताको विवरण पहिचान गरि एकीकृत वास योजनाको लागि तालिम सन्चालन गरिएको हो ।


सो तालिममा कोहलपुर नगरपालिकाका वातावरण शाखा प्रमुख पुरुषोत्तम पोख्रेलले वास योजना निर्माणको उदेश्य र लक्ष्यबारे प्रष्ट पारेका थिए ।
यसै गरि उद्घाटन सत्रमा कोहलपुर नगरपालिका सामाजिक बिकास शाखा प्रमुख हरिबहादुर वलीले सरकारले लिएको उदेश्य पूरा गर्न सम्पुर्ण नागरिकलाई घरघरमा स्वच्छ पानी पुर्याउन गरिएको अभियान सुसम्पन्न गर्न सबै घरधुरिलाई समेटेर खानेपानी सरसफाई र स्वच्छता निर्माण अभियानमा तथ्यांक संकलन राम्रो सङ्ग गरेर पालिकाले बनाउन लागेको वास प्लानलाई पुर्ण रुपमा सहयोग गर्न सबै संकलनकर्तालाई अनुरोध गरे
कार्यक्रममा लुमन्ती आवासका लागि सहयोगका कार्यक्रम संयोजक सुर्यकुमार खड्काले वास योजना किन के का लागि भन्दै वास कार्यबिधी माथी छलफल गरेका थिए । मोबाइल एप्लिकेसन तालिम सम्बन्धी प्राबिधिक सहजिकरण कोहलपुर नगरपालिकाका आइटी रोशन चापागाईंले गरिरहेका छन् ।

Next Post

विकासमा विचौलिया हाबी : मुख्यमन्त्री शाही

३० फाल्गुन २०७६, शुक्रबार ०९:३९
रुकुम पश्चिम : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकासमा विचौलिया हाबी भएको बताएका छन् । विकासका लागि दिइने बजेट, माग गरिने योजनामा स्वार्थसिद्धिका लागि लाग्नेहरु घुसेका कारण अपेक्षाकृत विकास हुन नसकेको मुख्यमन्त्री शाहीको भनाइ छ ।   रुकुम पश्चिमको जिल्ला सभा तथा समीक्षा गोष्ठीको उद्‌घाटन गर्दै मुख्यमन्त्री शाहीले विकास र […]

सम्बन्धित

ताजा अपडेट