सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल आयल निगमले नेपालगञ्जस्थित डिपोको भण्डारण क्षमताको बृद्धि गर्दैछ । नेपालगञ्जमा हालको पेट्रोलको भण्डारण क्षमता अढाईदेखि ३ दिनसम्म मात्र पुग्ने भएको क्षमता बृद्धि गर्न लागिएको हो ।
मट्टितेलको खपत न्यून भएले त्यसको भण्डारण ट्यांकीलाई पेट्रोल ट्यांकीमा रुपान्तरण गर्ने प्रक्रिया शुरु गरिएको नेपाल आयल निगमको नेपालगञ्जस्थित इन्धन डिपो कार्यालयका प्रमुख अभिशेषकुमार ठाकुरले बताए ।
नेपाल आयल निगमले त्यसका लागि ग्लोबल टेण्डरसमेत गरिसकेको छ । मट्टितेललाई पेट्रोलमा रुपान्तरण गरपछि ७ देखि ८ दिनसम्म पुग्ने इन्धन भण्डारण हुने आयल निगमले जनाएको छ ।
![](https://sadarline.com/wp-content/uploads/2022/07/3.jpg)