खजुरा क्यान्सर अस्पताललाई सुविधा सम्पन्न बनाईंदै

सदरलाइन संवाददाता २० श्रावण २०८०, शनिबार १४:०६
 

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका–७ मा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामी आउने गर्दछन् । तीन प्रदेशको क्यान्सर अस्पताल यो मात्रै हो । नारायणी नदी पश्चिमका जनतालाई यो अस्पतालले सेवा दिइरहेको छ ।

सय बेडको संरचनागत स्वीकृति भएको अस्पतालमा अहिले ५७ बेड रहेको छ । आइसियु निर्माण भइसकेको छ भने क्यान्सर बिरामीका लागि अतिआवश्यक पर्ने लिन्याक मेसिन जडान भइरहेको छ । क्यान्सरका बिरामीलाई चितवनको भरतपुर, काठमाडौं या भारतका विभिन्न सहरमा जानु पर्ने बाध्यता हट्दै गएको छ ।

२०६२ मंसिर २७ गते प्रखर परोपकार मिसन नेपालको स्थापना गरेर २०६४ वैशाख १७ गते महामण्डेश्वर प्रखर महाराजाट अस्पताल भवनको शिलान्यास भएको थियो । २०६५ माघ ११ देखि १७ गतेसम्म धनधान्याञ्चल महायज्ञ सञ्चालन गरेर त्यसबाट संकलन भएको रकमले अस्पतालको सुरुवात गरिएको थियो । २०७४ असार ११ गते तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवबाट ओपिडीको उदघाटन गरिएकोमा २०७७ मंसिर ५ गते अस्पतालको आफ्नै अप्रेसन थिएटरमा अप्रेसन सेवाको शुरुवात गरिएको थियो ।


अस्पतालले आर्थिक वर्ष २०७९/८० मा ७ सय ३१ जनाको अप्रेसन गरेको छ । अघिल्लो वर्ष अस्पतालले ७ सय २० जनाको अप्रेसन गरेको थियो । ओपिडीमा आउने बिरामीको संख्या पनि बढ्दोक्रममा रहेको छ । २०७९ साउन १ गतेदेखि २०८० असार ३१ गतेसम्ममा २९ हजार २ सय ५५ जनाले सेवा लिएका छन् । यो तथ्यांक जनरल सेवा बाहेकको हो ।

अघिल्लो वर्ष जनरल बिरामीसहित २९ हजार ९ सय १६ जनालाई सेवा दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा रास्वपाको कार्यालय स्थापना

२० श्रावण २०८०, शनिबार १४:०६
कोहलपुर (बाँके) : राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुर नगर समितिको कार्यालय स्थापनासँगै उदघाटन गरिएको छ । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश महामन्त्री तथा संगठन विभाग प्रमुख निलराज अधिकारीले कोहलपुर शाखा कार्यालयको उदघाटन गरेका हुन् । कोहलपुर नगरपालिका वडा नं. ११ फुलबारीटोलमा स्थापना गरीएको पार्टी कार्यालयबाट नगर पार्टीका सम्पूर्ण गतिविधिहरु सञ्चालन […]