सदरलाइनडटकम,
कोहलपुर (बाँके) : तिहार नजिकिँदै गर्दा तीब्र हुन थालेको जुवाडेहरुको गतिविधीलाई निस्तेज पार्ने अभियान थालेको छ । सोही अभियानअन्तर्गत कोहलपुर प्रहरीले सोमवार राती ८ जुवाडे पक्राउ गरेको छ ।
दशैंतिहारमा ठुला जुवाडेहरु बढि सक्रिय हुने भएकाले त्यस विरुद्ध अभियान चलाईएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख हेम बहादुर शाहीले बताए । प्रहरीले कोहलपुर नगरपालिका वडा नं. १२ चप्परगौंडीबाट ८ जना जुवाडे पक्राउ गरेको छ । कोहलपुरको हिलपार्क होटल १ लाख बाईस हजार २ सय ५३ नगद रुपैयाँ सहित आठ जना जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अनिल भगत, टंकप्रसाद पन्थी, विजय पोखरेल, सुजन श्रेष्ठ, सुनिल खनाल, दिपक पौडेल, पशुपति घिमिरे र केशव तिवारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सवै जनामाथि जुवा ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी नायव उपरिक्षक शाहीले बताए ।
