सगरमाथाको वार्षिकोत्सवमा विविध कार्यक्रम

७ फाल्गुन २०७५, मंगलवार १८:३६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदौंस्थित सगरमाथा ईग्ंिलश मिडियम हाईस्कूलले विभिन्न कार्यक्रम गरी १४ औं वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस मनाएको छ ।
स्कूलका संस्थापक कृष्ण बहादुर जिसीको अध्यक्षता, नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख मन प्रसाद रेग्मीको प्रमुख आतिथ्य र वरिष्ठ पत्रकार पूर्णलाल चुके विशिष्ठ आतिथ्यमा सम्पन्न सो कार्यक्रममा स्कुलका बालबालिका र बाहिरका कलाकारहरुले आ–आफ्नो प्रतुती र कला प्रदर्शन गरेर भरपुर मनोरञ्जन दिएका थिए ।
सो अवसरमा प्रमुख अतिथि रेग्मीले अभिभावकले बच्चाको इच्छा अनुसारको शिक्षा दिनु पर्दछ, पैसा कमाउने होइन, घरको अभिभारा समेत लिने सदस्यको रुपमा गुणस्तरीय शिक्षा दिनु पर्दछ भन्नु भयो ।कार्यक्रममा विशिष्ठ अतिथि वरिष्ठ पत्रकार पूर्णलाल चुके, बाल क्लबका अध्यक्ष शाहिल अन्सारीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
प्रारम्भमा विद्यार्थीहरुद्वारा मार्च पास गरिएको सो कार्यक्रममा स्कूलका नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले एकल, सामूहिक गीत र नृत्य प्रस्तुती दिएका थिए भने मनिष योगीले चमत्कारिक जादू देखाएर आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

Next Post

खजुरा मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता सम्पन्न

७ फाल्गुन २०७५, मंगलवार १८:३६
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरास्थित जनसेवा मावि गिजरामा संचालित प्रथम मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता मंगलवार सम्पन्न भएको छ । प्रतियोगितामा मावितर्फ ज्ञानोदय नमूना मावि प्रथम, धु्रबतारा मावि द्वितिय र गुराँस मावि तृतीय भएका छन् । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, पूर्व […]