कोहलपुरमा रास्वपाको कार्यालय स्थापना

सदरलाइन संवाददाता २० श्रावण २०८०, शनिबार १४:२०
 

कोहलपुर (बाँके) : राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुर नगर समितिको कार्यालय स्थापनासँगै उदघाटन गरिएको छ । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश महामन्त्री तथा संगठन विभाग प्रमुख निलराज अधिकारीले कोहलपुर शाखा कार्यालयको उदघाटन गरेका हुन् ।

कोहलपुर नगरपालिका वडा नं. ११ फुलबारीटोलमा स्थापना गरीएको पार्टी कार्यालयबाट नगर पार्टीका सम्पूर्ण गतिविधिहरु सञ्चालन गरिने राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुर नगर सभापति भरत पनेरुले जानकारी दिए ।


पार्टी कार्यालयको उदघाटन गर्दै महामन्त्री अधिकारीले स्वतन्त्र पार्टी उचित समयमा उचित निर्णयका साथ जनताका बिचमा आएको बताए । उनले आफ्नो पार्टीबाट जनताले चाहेको परिवर्तन सम्भव भएको दाबी समेत गरे । अब समाज परिवर्तको बेला भएकाले पुराना कुरा बिर्सेर सबै नागरिक एक हुनुपर्ने बताउादै अधिकारीले भने, ‘बोल्नुभन्दा पनि काम गर्ने कुरामा हामीले जोड दिएका छौं ।’

राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठनात्मक ढाँचामा केन्द्रीय समिति, प्रदेश समिति, पालिका समिति र वडा समिति रहेको नगर सभापति पनेरुले बताए । पनेरुले पार्टीको सदस्यता लिनका लागि कुनै पनि मापदण्ड नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेकी प्रेसु मिस टिन इण्डियाको ग्रान्ड फिनालेमा

२० श्रावण २०८०, शनिबार १४:२०
नेपालगञ्ज : बाँकेकी एक किशोरी भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने एली क्लब मिस्टर एन्ड मिस टिन इण्डियाको ग्रान्ड फिनालेका लागि छनोट भएकी छन् । नेपालगञ्ज निवासी १७ वर्षीय प्रेसुसिंह थारूले भारतको कानपुरमा पहिलो अडिशन र नयाँ दिल्लीमा भएको सेमिफाइनल चरण पार गर्दै ग्रान्ड फिनालेमा स्थान बनाउन सफल भएको उनकी […]