दिवा खाजाले विद्यार्थी ‘ड्रपआउट’को संख्या घट्यो

सदरलाइन संवाददाता २३ भाद्र २०७९, बिहीबार १४:३९
 

नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिकाले विद्यालयमा दिवा खाजाको व्यवस्था गरेपछि विद्यार्थी नियमित आउने क्रम बढेको छ ।

‘ड्रपआउट’ अर्थात् कक्षा छाड्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले दिवा खाजा लागू भएपछि विद्यार्थी नियमित रूपमा विद्यालय आउन थालेको जानकारी दिए ।

उनले विद्यालय गएपनि बीचमै छोडेर जाने समस्या रहँदै आएकोमा दिवा खाजाले सो समस्या धेरै हदसम्म समाधान भएको बताए ।

नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, जमुनाहका प्रधानाध्यापक रज्जाक खाँका अनुसार दिवा खाजा र विद्यालय पोसाक वितरण भएपछि तल्लो कक्षाका विद्यार्थी खुशी हुँदै नियमित विद्यालय आउन थालेका छन् ।


उनले दिवा खाजाले ड्रपआउटको सङ्ख्या ५ प्रतिशत मात्र रहेको बताए । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, जमुनीमा पनि ड्रपआउट हुने विद्यार्थीको सङ्ख्या घटेको छ ।

पालिका शिक्षा शाखा प्रमुख कृष्णकुमार चौधरीले ड्रपआउट रोक्न र बालिकाको सङ्ख्या बढाउन यो विशेष प्याकेजको कार्यक्रम ल्याएको जनाए ।

छोरी शिक्षाका लागि गाउँपालिकाले साइकल, ल्यापटप, पोसाक वितरण गर्दै आएको छ । नरैनापुरमा चार मावि, छ आधारभूत र २९ मदरसा सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्यान्सर अस्पतालका नवनियुक्त अध्यक्ष मल्लद्वारा पदभार ग्रहण

२३ भाद्र २०७९, बिहीबार १४:३९
खजुरा (बाँके) : सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको अस्पताल बिकास समितिका नव नियुक्त अध्यक्ष टेकेन्द्र मल्लले पदभार ग्रहण गरेका छन् । अस्पतालमा आज एक कार्यक्रमका बिच नव नियुक्त अध्यक्ष टेकेन्द्र मल्ल, सदस्यहरु दिपा केसी र इमरान खानले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै अध्यक्ष मल्लले खजुरेली जनताको […]