ट्रयाक्टर पल्टिँदा नेपालगञ्जमा चालकको मृत्यु

सदरलाइन संवाददाता २८ मंसिर २०७७, आईतवार १७:११
 

नेपालगञ्ज : ट्रयाक्टर दुर्घटना हुँदा नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज वडा नंं. १८ मा आफैं अनियन्त्रित भई ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु भएको हो ।

नेपालगञ्जबाट कोहलपुर जाँदै गरेको लु ४ त ७३७२ नम्बरको ट्रयाक्टर नेपालगञ्ज १८ सिद्धार्थ भ्यु होटल अगाडी मोड्ने क्रममा अनियन्त्रित भई पल्टिँदा छायाँनाथ रारा नगरपालिका वडा नम्बर १० मुगुका ट्रयाक्टर चालक अन्दाजी २३ बर्षीय दिलबहादुर सिजुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


चालकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाई छ ।

Next Post

लुम्बिनी प्रदेशको राजधानीको गुरुयोजना सबैको आकर्षणको केन्द्र हुने

२८ मंसिर २०७७, आईतवार १७:११
कोहलपुर (बाँके) :  लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानीका लागि बन्ने गुरुयोजना सबैको आकर्षणको केन्द्र हुने बताएका छन् । एनटिभी कोहलपुरको निरिक्षणका क्रममा आयोजित कार्यक्रममा मन्त्री केसीले पछिल्लो समय एनटिभी कोहलपुर प्रभावकारी हुदै गएको भन्दै आबश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । […]