घटस्थापनाको दिन बिहान अनेरास्ववियुले शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

सदरलाइन संवाददाता २० आश्विन २०७८, बुधबार १८:३१
 


नेपालगञ्ज  : एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्वबियु बाँकेले दशैं, दिपावली र छठलगायतका पर्बको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।

विहिबार घटस्थापनाको दिन बिहान ९ बजे एमाले बाँकेको कार्यालय परिसरमा अनेरास्ववियु बाँकेले सो कार्यक्रमको आयोजना गरेको केन्द्रीय सदस्य मोहित शाहले जानकारी दिए ।

सो कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष झपिन्द्र खत्री र केन्द्रीय सचिब सुर्य रोकायले सम्बोधन गर्ने अनेरास्ववियु बाँकेले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा करीब ४ लाखको अवैध सामान बरामद

२० आश्विन २०७८, बुधबार १८:३१
नेपालगञ्ज : भन्सार छली गरेर ल्याइँदै गरिएका ठूलो परिमाणमा अवैध सामग्री सशस्त्र प्रहरीले बरामद गरेको छ । नेपालगञ्जस्थित सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँके र जमुनाहा बिओपीबाट खटिएको टोलीले बुधवार राती भारतबाट नेपालगन्ज ल्याउँदै गरिएको लाखौं रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरी बाँकेले जनाएको छ । […]