गुडिरहेको बसमाथि ढुंगा खस्दा बैतडीमा एकजनाको मृत्यु

सदरलाइन संवाददाता २९ भाद्र २०७८, मंगलवार १३:१८
 

बैतडी : जयपृथ्वी राजमार्गमा गुडिरहेको यात्रुवाहक बसमाथि ढुंगा खस्दा बसमा सवार एकजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

पाटन नगरपालिका–८ को झौलेक नजिक सोमबार राति करिब साढे २ बजे कञ्चनपुरबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०२००१ ख ११५६ नम्बरको बसमा माथिबाट खसेको ढुंगाले लागेको हो । ढुंगा लागेर बझाङको थलारा गाउँपालिका–५ का १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।


यस्तै ढुंगा लागेर जयपृथ्वी नगरपालिका–११ का ४० वर्षीय हरिप्रसाद जोशी, ३६ वर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका–४ का २८ वर्षीय माधव भट्ट घाइते भएको खड्काले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा पठाइएको छ ।

बसमा सवार अन्य यात्रुहरु सुरक्षित रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । घटनापछि राजमार्ग केही घण्टा अवरुद्ध भए पनि अहिले सञ्चालनमा आएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्रियाशील सदस्यता विवादले बाँके कांग्रेसको अधिवेशन अन्योलमा

२९ भाद्र २०७८, मंगलवार १३:१८
नेपालगञ्ज  :  क्रियाशील सदस्यता विवादका कारण बाँके कांग्रेसको १४औ‌ महाधिवेशनअन्तर्गतका सबै प्रक्रिया अन्योलमा परेका छन् । गत १८ भदौदेखि सुरु हुनुपर्ने वडा अधिवेशन क्रियाशील सदस्यता टुंगिएर नआएकाले अन्योलमा परेको हो । कांग्रेस बाँकेका सचिव तप्त पौडेलले क्रियाशील सदस्यता टुंगिएर नआएकाले अधिवेशनका सबै प्रक्रिया अन्योलमा रहेको बताए । ‘गत १८ भदौदेखि वडा अधिवेशन सम्पन […]