२२ वर्षपछि बिद्यालय ब्यवस्थापन समितिको नेतृत्व परिवर्तन

सदरलाइन संवाददाता १ पुष २०७९, शुक्रबार १५:२३
 

नेपालगञ्ज : कुनैपनि सामाजिक निकायमा बिधानतः २ वर्ष, ३ वर्ष वा बढीमा ४ वर्षमा नेतृत्व परिवर्तन हुन्छ । तर, सुन्दा अचम्म लाग्न सक्छ, बाँकेको एक बिद्यालयमा एउटै ब्यक्तिले २२ वर्षसम्म ब्यवस्थापन समिति अध्यक्ष भएर नेतृत्व गरेको पाइएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ स्थित सरस्वती माध्यमिक विद्यालय पनेरियामा २२ वर्षसम्म स्थानीय राजकुमार बुढाले अध्यक्ष भएर काम गरेको पाइएको हो । उक्त बिद्यालयमा २२ बर्षपछि ब्यवस्थापन समितिको नेतृत्व परिवर्तन भएको छ ।

वडा नम्बर ६ का वडाअध्यक्ष लवराज खरेलका अनुसार विद्यालयको अभिभावक भेलाबाट स्थानीय बिफराम थारुको नेतृत्पमा नयाँ ब्यवस्थापन समिति गठन गरिएको छ । यस्तै अन्य सदस्यहरुमा गुलाबी थारु, पबी चलाउने, बासमती खड्का, लविता थारु, रविलाल थारु चयन भएका छन् । सोही भेलाले लक्षमण थारुको अध्यक्षतामा ९ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरेको वडाअध्यक्ष खरेलले जानकारी दिए ।


२०५७ सालमा स्थापना भएको उक्त बिद्यालयको ब्यवस्थापन समितिमा बुढा स्थापना कालदेखि जनै अध्यक्ष भएका थिए । यसअघि पटक–पटक नेतृत्व परिवर्तनको प्रयास भएपनि बुढाले आफु निकट केही अभिभावकको भेला गराएर अध्यक्षमा दोहोरिने गरेको आरोप छ ।

उक्त बिद्यालयमा बढेको ब्यथितीबारे वडाअध्यक्षमा निर्वाचित भएर आएपछि खरेलले निगरानी बढाउँदै आएका थिए । वडाअध्यक्ष खरेलकै प्रयासमा बिद्यालय सुधार अभियान सुरु भएको थियो ।

बिद्यालयको भौतिक संरचना बनेपनि शैक्षिक गुणस्तर भने निकै खस्किएको त्यहाँका अभिभावकहरु बताउँछन् । शैक्षिक गुणस्तर खस्किनुमा बिद्यालय ब्यवस्थापन समितिकै कमजोरी रहेको आरोप लाग्ने गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ज्ञानोदय सामुदायिक पुस्तकालयमा पाठकको संख्या वृद्धि

१ पुष २०७९, शुक्रबार १५:२३
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालयमा पाठकको संख्या बृद्धि हुँदै गइरहेको छ । अघिल्लो आर्थिक वर्षमा दैनिक २०/२५ जना आएका थिए तर चालू आर्थिक वर्षमा दैनिक ३०/३५ जना पाठक आएका छन् । जुन अघिल्लो आर्थिक वर्ष भन्दा दोब्बर हो । ज्ञानोदय सामुदायिक पुस्तकालय स्रोत […]