शौचालयको पर्खाल भत्किँदा घाइते भएकी बालिकाको मृत्यु

सदरलाइन संवाददाता २० श्रावण २०८०, शनिबार १३:३९
 

नेपालगञ्ज : बर्दियाको एक निजी विद्यालयको शौचालयको पर्खाल भत्किँदा घाइते भएकी बालिकाको मृत्यु भएको छ ।

बढैयाताल गाउँपालिका–७ तिल्कानामा रहेको रिभर क्विन्स बोर्डिङ स्कूलमा रहेको शौचालयको पर्खाल भत्किँदा बुधबार घाइते भएकी कक्षा ३ मा अध्ययनरत ९ वर्षीया मेरिना थारूको मृत्यु भएको हो ।


बढैयातालको फूलपुर निवासी उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको प्रहरीको भनाइ छ। बुधबार दिउँसो करिब पौने ३ बजे बालिका शौचालय गएकोमा पर्खाल एक्कासी भत्किएपछि बालिकाको पेट तथा चिउँडोमा चोट लागेको थियो ।

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेकी बालिकाको शुक्रबार दिउँसो साढे १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सांग्रिला बैंकको खुद मुनाफा ३४ करोड ३७ लाख

२० श्रावण २०८०, शनिबार १३:३९
नेपालगञ्ज : सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा ३४ करोड ३७ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५२ करोड ७१ लाख ७३ हजार रुपैयाँ […]

ताजा अपडेट