बाँकेमा बेचबिखनमा परेका २८८ महिलाको उद्धार

सदरलाइन संवाददाता १९ श्रावण २०८०, शुक्रबार १४:४६
 

नेपालगञ्ज : शान्ति पुनःस्थापना गृह, बाँकेले जिल्लाका विभिन्न नाकाबाट मानव बेचबिखनको जोखिममा रहेका दुई सय ८८ महिलाको उद्धार गरेको छ । सबैभन्दा बढी जमुनाहा नाकाबाट दुई सय ३३ महिलाको उद्धार गरिएको छ ।

यस्तै जानकीको शिवपुरी नाकाबाट २२, डडुवाको खडैचा नाकाबाट १२, नरैनापुरको सुइया नाकाबाट चार र कोहलपुर बसपार्कबाट १७ महिलाको उद्धार गरिएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय कार्यक्रम संयोजक निर्मल सुवेदीले जानकारी दिए ।

उद्धार गरिएकामध्ये बाँकेका ५८ र बर्दियाका ४२ महिला छन् । अहिलेसम्म जिल्लाका सबै नाकामा ४० हजार पाँच सय ४६ जनालाई सूचना तथा परामर्श दिएको सुवेदीले बताए ।


सुवेदीका अनुसार एक वर्षको अवधिमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी चारवटा मुद्दा दर्ता भएका छन् । ‘खुला सीमा भएका कारण मानव बेचबिखन रोकथाममा चुनौती छ’, उनले भने । गरिबीका कारण अवसर खोज्दा दलालको चङ्गुलमा फस्ने खतरा रहेको उल्लेख गर्दै संयोजक सुवेदीले मानव बेचबिखनको जोखिममा रहेकाको उमेर समूह १८ देखि २५ वर्ष रहेको जानकारी दिए ।

पुनःस्थापना गृह बाँकेकी संयोजक सिर्जना गौतमले नयाँ–नयाँ तरिका अपनाएर मानव बेचबिखन गर्न थालिएको जानकारी दिए । आर्थिक वर्ष २०७९÷८० मा भारतबाट उद्धार गरिएकाको सङ्ख्या २२ रहेको छ । संस्थामा खोजतलासका लागि परेका एक सय ७२ निवेदनमध्ये एक सय २४ जना भेटिएको तथ्याङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैजनाथमा सामुदायिक ‘होमस्टे’मा जीन बैंक

१९ श्रावण २०८०, शुक्रबार १४:४६
बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर भ्यालीस्थित सामुदायिक होमस्टेमा गाभर भ्याली सामुदायिक जीन बैंक निर्माण गरिएको छ । कृषि आनुवंशिक स्रोतहरु दिनप्रतिदिन लोप हुने खतरा बढेकाले बाली, घाँसेबाली, जलीय, कीरा, पशुपंक्षी र सूक्षम जीवाणु आनुवंशिक स्रोतको पहिचान यसको संरक्षणका लागि उक्त जीन बैंकको स्थापना गरिएको हो ।

सम्बन्धित