बिभिन्न संघसंस्थाहरुद्वारा स्वास्थ्य सामग्री उपलब्ध

सदरलाइन संवाददाता २८ बैशाख २०७८, मंगलवार १८:२५
 


नेपालगञ्ज  : बाँकेमा कोरोना संक्रमणको दर तीब्ररुपले बढेपछि कोरोना नियन्त्रणको लागि सहयोगी स्वास्थ्य सामग्रीहरु विभिन्न सहयोगी संघ संस्थाहरुबाट जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेलाई उपलब्ध हुन थालेका छन ।

मंगलबार गैसस बाँकेको संयोजनमा बास र नेप्लिज अमेरिकन च्याम्बर अफ कर्मशले ५ लाख ८५ हजार बराबरको पिपिई, मास्क, ग्लोब्स, अक्सिमिटर, हेण्डसेनिटाईजर बासका अध्यक्ष रमेश सिटौलाले बाँकेका प्रमुख जिल्ला अधिकारी शिबराम गेलाललाई हस्तान्त्रण गरेका छन् ।

बासका हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीमा २० हजार थान मास्क, ५ हजार ग्लोब्स, पाँच सय एमएलको १ सय वटा स्यानिटाईजर, १ सय २५ सेट पिपिई र ५० वटा अक्सिमिटर रहेका छन् । सो अवसरमा नेप्लिज अमेरिकन च्याम्बर अफ कर्मशका प्रतिनिधि अनु ओली, गैसस बाँकेका अध्यक्ष नमस्कार शाह, बासका पूर्व अध्यक्ष मन भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

यसैगरी मिलाप नेपाल र सर्वाङ्गिण सेवा समाजले पनि मंगलबार नै गैसस बाँकेको समन्वयमा ईन्फारेड थर्मामिटर, सर्जिकल मास्क, एन ९५ मास्क, हेण्ड ग्लोब्स, पिपिई, सेनिटाईजर गरी ६३ हजार ९ सय बराबरको सामग्री जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेलाई उपलब्ध भएको छ ।


सो समाग्री बाँकेका प्रमुख जिल्ला अधिकारी गेलाललाई हस्तान्त्रण गरिएको जिल्ला आपतकालिन  कार्य सञ्चालन केन्द्रका सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

सामग्री बुझ्दै प्रजिअ गेलालले कोभिड प्रतिकार्यका लागि बास नेपाल, गैसस महासँघ बाँके शाखा र नेपलीज अमेरीकन च्याम्बर अफ कमर्सलगायतका सबै सहयोगी मनहरुलाई धन्यबाद ब्यक्त गरे । बाँकेमा ठूलो संख्यामा सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका बिभिन्न अस्पतालमा उपचारत १२ सक्रमितको मृत्यु

२८ बैशाख २०७८, मंगलवार १८:२५
नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा उपचारको क्रममा बुधबार १२ जनाले ज्यान गुमाएका छन । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार मंगलबार राती ८ बजेदेखि बुधबार बिहान १० बजेको अवधिमा नेपालगञ्जको भेरी अस्पतालमा ७ जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ५ जना गरि थप १२ जनाको […]