सदरलाइनडटकम
३० फागुन, नेपालगन्ज : नेपालगन्ज–खजुरा सडक खण्डको मानपुरमा सोमबार साँझ भएको सडक दुर्घटनामा एक भारतीय नागरिक सहित दुईजनाको मृत्यु हुनुको साथै एक घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार मानपुर मोड नजिकै विपरित दिशाबाट तीब्र गतीमा आई रहेका भे ६ प ८४८ र भे ३ प ९५९४ नंबरका दुई मोटरसाईकल एकआपसमा ठोकिदा दुबै मोटरसाईकल चालकको ज्यान गएको हो ।
सो घटनामा परी मृत्यु हुनेहरुमा जिल्ला बहराईच फिजौल बस्ने १७ वर्षिय खाँदिन कपडिया र बाँके उढरापुर–४ का २४ वर्षिय सुरज रेग्मी रहेका छन् भने सो घटनामा परी मोटरसाईकल नं.८४८ का पेसेञ्जर १६ वर्षिय निजल शाह घाइते भएका छन । घाइतेको नेपालगन्ज नर्सिङ्गहोममा उपचार भईरहको छ ।
प्रहरीले घटनाको नजिकबाट अनुसंधान गरिरहेको जनाएको छ । मृतकको शव नेपालगन्ज नर्सिङ्ग होममा राखिएको छ ।
