पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु

सदरलाइन संवाददाता ११ आश्विन २०७७, आईतवार १७:३३
 

नेपालगञ्ज : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ९ पुरुष र १ महिला छन् ।


बाराका २० वर्षीय पुरुष, ललितपुरका ४२ र ७७ वर्षीय पुरुष, काठमाण्डौका ५० वर्षीया महिला तथा ६१ र ६२ वर्षीय पुरुष, रुपन्देहीका ७२ वर्षीय पुरुष, बर्दियाका ६३ र ५० वर्षीय पुरुष र अछामका ३४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरानाबाट ज्यान गुमाउनेको संख्या ४ सय ७७ पुगेको छ ।

Next Post

माटोका भाँडा नै जीवनयापनको आधार बनाएका कसगर समुदाय

११ आश्विन २०७७, आईतवार १७:३३
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडानं. ८ एमपी स्कुलरोडकी १२ बर्षिय सनम कसगर विहानै सदरलाइनमा माटाका भाँडाहरु बेच्न आउछिन् । उनी जान्ने भएदेखि अहिलेसम्म उनको दैनिकी यसरी नै वितिरहेको छ । घर नजिकै रहको मदरसा आइसा तुल वनातमा कक्षा ५ मा पढ्दै गरेकी उनले माटाका भाँडा बेचेरै आफ्नो विद्यालयको खर्च चलाउने […]