कोहलपुर नगरपालिकाको बंगुरमा अनुदान कार्यक्रमको अनुगमन

सदरलाइन संवाददाता ३० जेष्ठ २०७८, आईतवार १७:४८
 


कोहलपुर (बाँके) : कोहलपुर  नगरपालिकाले  स्थानीय  कृषकलाई  बुंगुरपालनमा  प्रोत्साहन  गर्ने उदेश्यले सञ्चालन गरेको अनुदान कार्यक्रमको अनुगमन गरिएको छ ।

आर्थिक वर्ष ०७७/७८ मा ९ लाख ५३ हजार स्थानीय ५० जना कृषकलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको नगर पशु सेवा कार्यालयका गोविन्द रोकायाले जानकारी दिए ।

कोहलपुर नगरपालिका आर्थिक विकास समितिको संयोजक डिलबहादुर परियार लगाएतको टोलीले अनुदानमा प्राप्त बुंगुरका पाठा, पाठीहरुको अवस्था कृषक छनौट प्रक्रिया बारे जानकारी गराईएको थियो ।


कूल बजेट मध्ये ८० प्रतिशत रकम बुगुरका बाठापाठी खरिद गरी ५ वटा समुहलाई हस्तान्तरण गरिएको छ । भने बाँकी २० प्रतिशत रकम कृषकलाई तालिम बुंगुरलाई औषधि, अनुगमनमा खर्च गरिने बताइएको छ । कोहलपुरका ५० जना कृषकलाई दुई सय ५० संख्यामा बुंगुरका पाठा, पाठी वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एसइईको नतिजा साउन दोश्रो साता आउने

३० जेष्ठ २०७८, आईतवार १७:४८
काठमाण्डौ : माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्यांकनका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्यांकका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गर्दै असार २० सम्म सबै विद्यालयले आफ्ना विद्यार्थीको आन्तरिक मूल्यांकन गरी […]

सम्बन्धित