माता बागेश्वरी सहकारीको साधारण सभा सम्पन्न

१ भाद्र २०७६, आईतवार ११:१४
 

सदरलाइनडटकम,
नेपालगञ्ज   : पाँच नंम्बर प्रदेश की भुमि व्यवस्था सहकारी तथा कृषि मन्त्री आरती पौडेलले सहकारीका कारण विपन्न वर्गको आयआर्जनमा सहज भएको दाबी गरेकी छन् ।
उनले नेपालगञ्जमा माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै सो दाबी गरेकी हुन । ‘सहकारीहरुले विपन्नदेखि सामान्य जनताको आर्थिक अवस्था सुधारका लागि सहयोगी भएको छ’–मन्त्री पौडेलले भनिन–‘प्रदेश सरकारले सहकारीहरुसंग मिलेर गरिवी निवारणका कार्यक्रम सञ्चालन गरि समृद्ध नेपाल बनाउने अभियान शुरु गरेको छ । सरकारको समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा पनि सहकारीहरुको भूमिका अहम छ ।’
सो कार्यक्रममा बोल्दै सहकारी संघ प्रदेश नम्बर ५ का अध्यक्ष प्रेम सुवेदीले सहकारीले जनताको आर्थिक अवस्था सुधारका लागि गरेको काम उल्लेखनीय रहेको बताए । उनले सहकारीले हजारौंलाई रोजगारी समेत दिईरहेको बताए ।
माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रशिद अहमद कुरैशीले आफ्नो सहकारीले नेपालगन्जमा उत्कृष्ट काम गरि रहेकोले बर्सेनी बचत संकलन र ऋण लगानी बढ्दै गएको दाबी गरे ।
सोही अवसरमा बोल्दै समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दीन राइले राम्रो काम गर्ने सहकारीलाई राम्रो र नराम्रो काम गर्नेलाई नराम्रो भन्नुपर्ने कुरामाजोड दिदै उनले सबैलाई एउटै श्रेणीमा राख्न नमिल्ने जनाए ।
सो अवसरमा बर्षको उत्कृष्ठ कर्मचारी एलिना थापा, उत्कृष्ठ बचतकर्ता फिरोज अन्सारी, उत्कृष्ठ ऋणी भिम कुमारी खत्री, उत्कृष्ठ बालबचत कर्ता डेढ बर्षिय सेजन काफ्ले, उत्कृष्ठ बजार प्रतिनिधी नसिर खान र ओम कुमारी चौधरीलाई घोषित गरेर पुरस्कृत गरिएको थियो ।
उदघाटन कार्यक्रममा सहकारीका प्रबन्धक अम्बिका काफ्लेले बार्षिक प्रगति प्रतिवेदन प्रस्ुतत गर्नुको साथै राष्ट्रिय सहकारी संघका संचालक विजया धिताल, बचत तथा ऋण सहकारी संघ बाँकेका अध्यक्ष प्रकाश ज्ञवाली, युवा स्वरोजगार कार्यक्रमका नितेश शर्मा, साना तथा घरेल् उद्योग महासंघ नेपालगञ्जका अध्यक्ष रचना श्रेष्ठ, महेन्द्र बहुमुखि क्याम्पसका प्रमुख गणेश रेग्मी, माता बागेश्वरीका उपाध्यक्ष अम्बिका शाहले शुभकामना मन्तव्य राखेका थिए ।

Next Post

नदीमा बगेर एक बालिकाको मृत्यु

१ भाद्र २०७६, आईतवार ११:१४
सदरलाइनडटकम, डोटी : सेती नदीमा नुहाउने क्रममा आइतवार एक बालिकाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका ४ राजपुरकी ८ वर्षीय करिष्मा नेपाली दिपायल सिलगढी नगरपालिका ३ वासुधारा नजिकबाट नुहाउने क्रममा बगेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए । नुहाउने क्रममा बिहान १० बजेतिर बेपत्ता भएकी […]

सम्बन्धित