अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईंदै

२५ फाल्गुन २०७६, आईतवार १४:४१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : मार्च ८ अर्थात् आइतवार विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाइँदैछ । सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११० वर्ष पुगेको छ । यस वर्ष समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदैछन् ।
१९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यले यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो । सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरी १९०९ का दिन महिला दिवस मनाएको थियो ।
‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’का अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शुभकामना व्यक्त गरेका छन् । उनले प्रजातान्त्रिक अधिकार प्राप्तिका लागि नेपाली महिलाले गरेको संघर्ष निकै महत्वपूर्ण रहेको बताए ।
राज्यको माथिल्लो तहदेखि तल्लो तहसम्म महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था भएको भन्दै उनले समावेशी, समानुपातिक र लैंगित हिसावले नेपालको संविधान विश्वमै नमूना भएको बताए ।
मुख्मयन्त्री पोखरेलले अहिले पनि नेपाली महिला बोक्सी, दाइजो तथा छाउपडी प्रथाको शिकार भइरहेको भन्दै यसलाई निर्मूल पार्न सबैको हातेमालो आवश्यक रहेको उल्लेख गरे ।

Next Post

होटल भत्किँदा चीनमा ६ जनाको ज्यान गयो

२५ फाल्गुन २०७६, आईतवार १४:४१
सदरलाइनडटकम, काठमाण्डौ : चीनमा कोभिड–नाइन्टिन अर्थात् कोरोना भाइरसको परीक्षण गर्न क्वारेन्टाइनका लागि प्रयोग गरिएको होटल भत्किँदा ६ जनाको ज्यान गएको छ भने २८ जना सम्पर्कविहिन भएका छन् । ३८ जनाको भने उद्धार गरिएको चिनियाँ अधिकारीहरुले जनाएका छन् । फुजियानको दक्षिणी प्रान्तको ग्वान्झावोमा रहेको पाँच तले होटल भत्किएको हो । यो […]

ताजा अपडेट