निर्माण व्यवसायीलाई मुख्यमन्त्रीको निर्देशन : प्राप्त गरेको जिम्मेवारी पुरा गर्नुहोस

सदरलाइन संवाददाता ९ भाद्र २०८१, आईतवार १९:४२
 

दाङ  : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कामको जिम्मेवारी लिने तर, पुरा नगर्ने प्रवृत्तिले समस्या निम्तिएको बताएका छन् । नेपाल निर्माण उद्योग परिषद लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेसन उद्घाटन गदै सो कुरा बताएका हुन ।

उनले निर्माण व्यवसायीले आफुले लिएको जिम्मेवारी समयमा पूरा नगर्दा जटिलताहरु देखिएको भन्दै समयमा जिम्मेवारी पुरा गर्ने तर्फ ध्यान दिन आग्रह गरे ।

दिगो निर्माण, विकासको आधार, राष्ट्रको समृद्धि, गुणस्तरीय पूर्वाधार मुख्य नारासहित लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सुरु भएको कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकारले काम गरिहरको समेत जानकारी दिए ।

‘निर्माण व्यवसायीले आफ्नो जिम्मेवारी पुरा गर्ने कि नगर्ने । अहिले आयोजनाहरु अलपत्र देखिन्छन’–उनले भने,–‘काम पुरा गर्न, भुक्तानी लिन असार किन किर्नुपर्छ ? पहिले नै काम सम्पन्न गर्न के ले रोक्छ ?’ सरकारले योजना कार्यान्वयनलाई गुणस्तरीय र प्रभावकारी बनाउन पाँच लाख भन्दा माथीका योजनालाई प्रतिसपर्धाको माध्यमबाट कार्यान्वयन गर्ने नीतिगत निर्णय गरेको समेत जानकारी दिए ।

योजना कार्यान्वयनमा हुने चुहावट रोक्न सरकार प्रतिबद्ध रहेकाले निर्माणको कामलाई प्रतिसपर्धाको माध्यबाट अघि बढाउन खोजेको स्पष्ट पारे । ‘साना साना योजनालाइ जोडेर इ–टेण्डर गर्ने छौं । यसबाट निर्माण व्यवसायीहरुलाई समेत कामको वातावरण बन्नेछ’–उनले भने ‘गुणस्तरीय काम गर्ने, त्यसलाई छिटो छरितो समयमा सम्पन्न गर्ने विषयमा यहाँहरुको प्रतिबद्धता चाहिन्छ । सरकारले त्यसका लागि वातावरण बनाउछ ।’


योजना कार्यान्वयन गर्दा सरकारले गत बर्षको दुई अर्ब १३ करोड भुक्तानी दिनुपर्ने जिम्मेवारी थपिएको छ । तर, स्रोत जुटाउनेगरी सरकारले पहल लिएको भनाई उनको छ । गत बर्ष खानेपानी आयोजनाको लागी ५८ करोड रकम भुक्तानी गरेर विचमा रोकिएका आयोजनालाई गति दिने काम गरेको समेत बताए । निर्माण व्यवसायीले गर्ने राम्रो कामलाई नागरिक स्तरबाट मुक्त कण्ठले प्रशंसा गर्ने वातावरण निर्माण गर्न सकिने र त्यसमा ध्यान दिन आग्रह गरे ।

नेपाल निर्माण उद्योग परिषद लुम्बिनीका अध्यक्ष टोपबहादुर रायमाझीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सिता शर्मा चौधरीले समृद्ध लुम्बिनी बनाउने अभियानमा सरकार र निर्माण व्यवसायी संगै जानुपर्ने बताईन ।

‘सरकारले बनाउने हरेक कामलाई निर्माण व्यवसायीले पूर्णता दिनुपर्छ । समयमा योजना सम्पन्न गर्नेगरी यहाँहरुले ध्यान दिनुहुनेछ’ उनले भनिन, ‘समृद्ध प्रदेश निर्माणको अभिभारा पुरा गर्ने दायित्व सबैको हो ।’

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य अशोककुमार केसीले सरकारले खरिद नियमावलीलाई समयानकुल बनाउनुपर्ने बताए । ‘हामीहरुको अवस्था ज्ञात होला । काम गरेको भुक्तानी पाइएको छैन । खरिद नियमावलीले व्यवसायीलाई मर्कामा पारेको छ । व्यवसायी मैत्री खरिद नियमावली हुनुपर्छ’ उनले भने, ‘निर्माण व्यवसायीको कार्यक्षमता बढाउन संघीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने छ । सहज र सरल रुपमा ऐन, कानुन, नियम आउनुपर्छ । जसले काम गर्ने वातावरण मिल्छ ।’

कार्यक्रममा नेपाल इन्जिनिएर्स एसोशिएसनका तथा पूर्व डिभिजन प्रमुख जयलाल मरासिनी, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिव लक्षमण आचार्य, नेकपा एमाले अध्यक्ष बालकृष्ण काउचा, रुपन्देही जिल्ला पार्टी अध्यक्ष यज्ञ गैरे, एमाले दाङ जिल्ला अध्यक्ष शिवकुमार आचार्य, परिषदका इञ्चार्ज पुण्यप्रसाद पौडेललगायतले सहि नीति र स्पष्ट विचारले मुलुकको विकास गर्ने भन्दै त्यसतर्फ अघि बढ्न आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण नवराज श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेश सरकारले पुरक बजेट ल्याउदैनः मुख्यमन्त्री

९ भाद्र २०८१, आईतवार १९:४२
दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले पुरक बजेट नल्याउने स्पष्ट पारेका छन् । चालु आर्थिक बर्षका लागी स्वीकृत बार्षिक कार्यक्रमहरुको पूर्ण कार्यान्वयनको लागी सरकारले कार्यविधि र कार्ययोजना निर्माण गरिसकेको जानकारी दिदै छुटेका योजनाहरुलाई अर्काे आर्थिक बर्षमा समेट्न सकिने बताएका हुन । बर्दिया जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, राजनीतिककर्मी लगायत […]

सम्बन्धित