बाँकेमा नागरिकताभन्दा राहदानी बनाउनेहरु धेरै

सदरलाइन संवाददाता १४ श्रावण २०८०, आईतवार १३:४४
 

नेपालगञ्ज : बाँकेमा नारिकताको प्रमाणपत्र बनाउनेभन्दा राहदानी बनाउनेको सङ्ख्या धेरै पाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार गत आर्थिक बर्ष २०७९–८० मा १२ हजार ८६ जनाले राहदानी बनाएका छन् ।

यसरी राहदानी बनाउनेमा तीन हजार ४३१ जनाले द्रुत सेवा सिफारिसमार्फत र आठ हजार ६५५ जनाले सामान्य प्रक्रियाबाट गरी राहदानी प्राप्त गर्नुभएको छ । प्रशासनको तथ्याङ्कअनुसार सोही अवधीमा नौ हजार ९६२ जनाले बंशज, बैबाहिक, अङ्गीकृत र जन्मको आधारमा नेपाली नागरिकका सन्तानले वंशज नागरिकता प्राप्त गरेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी केसीले भने, ‘पछिल्लो दिनमा विदेशी मुलुकमा अध्ययनका लागि जाने विद्यार्थीको सङ्ख्या समेत बढेको छ ।’ राहदानी बापत प्रशासनले गत आवमा चार करोड ५७ लाख ७२ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन गरेको जनाएको छ ।


यसैगरी राष्ट्रिय परिचयपत्रका लागि वडा वडामा टोली परिचालन भएपछि यसबर्ष नागरिकताको प्रतिलिपी बनाउनेका सङ्ख्या पनि बढेको छ । गत आवमा १२ हजार ९७८ जनाले नागरिकताको प्रतिलिपी बनाएका छन् । नबुझिने, झुत्रो भएको नागरिकता राष्ट्रिय परिचय पत्रका लागि नयाँ बनाउनुपरेको सेवाग्राहीको भनाइ छ ।

प्रशासनका अनुसार आर्थिक बर्ष २०७८–७९ मा १३ हजार ५०० ले नागरिकता प्राप्त गरेकोमा पाँच हजार ५३२ जनाले मात्रै राहदानी प्राप्त गरेका थिए । यसैगरी सात हजार ७२५ जनाले नागरिकताको प्रतिलिपी लिएका थिए ।

पछिल्लो समय रोजगारीका लागि तथा अध्ययनका लागि जाने विद्यार्थीको सङ्ख्या बढेपछि राहदानी बनाउनेका सङ्ख्या पनि बढेको प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बसपार्कको पिच भत्काउँदै कोहलपुर नगरपालिका

१४ श्रावण २०८०, आईतवार १३:४४
कोहलपुर (बाँके) : तीस करोड बढि लागतमा निर्माण गरिएको कोहलपुर बसपार्कमा आवश्यकताका सामान्य पुर्वाधार समेत निर्माण नगरिएको पाईएको छ । दुई दुई पटक उदघाटन भएर पनि सञ्चालनमा आउन नसकेको उक्त बसपार्कमा अहिले धमाधम पिच खन्ने काम भईरहेको छ । पुर्णरूपमा निर्माण सम्पन्न भएको भनिएपनि खानेपानिको लाईन बिस्तारकालागि भन्दै अहिले पुरानो […]

सम्बन्धित