दैलेखका शिक्षक हत्या प्रकरण : एक महिला प्रक्राउ

सदरलाइन संवाददाता ३० भाद्र २०७८, बुधबार २१:२८
 

दैलेख : दैलेखमा भएको शिक्षकको विभत्स हत्याबारे एक महिलाले आफूले गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

दैलेखको गुराँस गाउँपालिका ८ छोटेपोखरामा रहेको मालिका माध्यमिक विद्यालयमा पढाउने शिक्षक नगेन्द्रकुमार बिसीको हत्या गरेको उनले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

हत्या गरिएका शिक्षक छोटेपोखराकै स्थानीय थिए। सोही ठाउँकी २५ वर्षीया मुना रानाले आफूसँगको व्यक्तिगत रिसइबीका कारण आफूले ती शिक्षकको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।


मंगलबार बिहान ७ बजे उनको शव मालिका माध्यमिक विद्यालयको प्रांगणमा फेला परेको थियो। सोमबार राति साढे १ बजे आफूले धारीलो हतियार प्रयोग गरेको शिक्षकको हत्या गरेको रानाले स्वीकारेको प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले बताए।

बिसी मालिका माध्यमिक विद्यालयमा विगत १३ बर्षदेखि राहत शिक्षकका रुपमा कार्यरत थिए।

पीडित परिवारको दरखास्त लिई अदालतबाट म्याद थप गरी ती महिलामाथि थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा २० संक्रमित थपिए, १५ जना डिस्चार्ज

३० भाद्र २०७८, बुधबार २१:२८
नेपालगञ्ज : बाँकेमा बिहीवार थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १२९ नमुना परीक्षण गर्दा २० जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरीमा ८५ नमुना परीक्षण गर्दा १८ र बागेश्वरी प्रयोगशालामा १९ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टिभएको छ । मेडिकल कलेज […]