खेलकुद विकास समितिको ताला खोलियो

सदरलाइन संवाददाता ३ श्रावण २०८०, बुधबार १२:५५
 

नेपालगञ्ज : साविक मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति नेपालगञ्जको कार्यालयमा लगाइएको ताला खोलिएको छ । साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिमा (प्रदेश खेलकुद परिषद्, लुम्बिनी) कार्यरत करार कर्मचारी चिरञ्जिवी लम्सालले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष संदिपजंग शाहलाई अभद्र ब्यवहार गरेको भन्दै ताला लगाइएको थियो ।

इन्जिनियर लम्सालले आफूबाट गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा यस्ता गतिविधी नदोहोर्याउने प्रतिबिद्वता सहित रंगशालामा निर्माणाधिन सेन्थेटिक ट्याक निर्माणका क्रममा हालसम्म निर्माण कम्पनीलाई भुक्तानी भएको सम्पूर्ण बिल भरपाईको प्रतिलिपी उपलब्ध गराउने सहमतिपछि ताला खोलिएको हो ।


लम्साललाई कार्यशैली सुधार गर्दै तत्काल सच्चिन आग्रह गर्दा अध्यक्ष शाहलाई मध्यरातको समयमा फोनमार्फत अभद्र व्यवहार गरेको आरोप छ । आगामी दिनमा कनैपनि कर्मचारीबाट खेलकुद क्षेत्रको विकासमा प्रतिकुल हुने गतिविधि भएको पाइएमा कडा कदम चाल्न बाध्य हुने विज्ञप्तीमार्फत चेतावनी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता

३ श्रावण २०८०, बुधबार १२:५५
नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जबीच प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालका सहनिर्देशक डा. रोमन किदवाईले नेपालगञ्ज मेडिकल कलेज र कोहलपुरस्थित शिक्षण अस्पतालमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालले सिफारिस गरेका बहालवाला र पूर्व प्रहरीको उपचारमा १० देखि […]