तुलसीपुरमा खाल्डोमा डुवेर एक पुरुषको मृत्यु

सदरलाइन संवाददाता २४ आश्विन २०७९, सोमबार १३:२५
 

दाङ : तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित हात्तिखौवामा पानी जमेको खाल्डोमा डुवेर एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर १ निवासी ४४ वर्षीय नुमप्रसाद भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिए । मृतक भण्डारी तुलसीपुर – ६ मा आफ्नो दाजुको घरमा बस्दै आएका थिए ।


सोमवार बिहान स्थानीयले पानी जमेको खाल्डोमा भण्डारी मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी मदिरा सेवन गर्ने र बेबारिसे अवस्थामा हिड्ने गरेको पारिवारिक श्रोतले बताएको छ ।

मृतकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको डिएसपी मल्लले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा ७६ जनाको मृत्यु

२४ आश्विन २०७९, सोमबार १३:२५
काठमाण्डौ : नाइजेरियामा भएको डुङ्गा दुर्घटनामा परेर कम्तीमा पनि ७६ जनाको मृत्यु भएको छ । दक्षिणी सहर अनाम्बरामा डुङ्गा दुर्घटना भएको हो । नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीको कार्यालयले दुर्घटनामा परेर कम्तीमा पनि ७६ जनाको ज्यान गएको र सबै सुरक्षा निकाय तथा उद्धारकर्मीहरुलाई उद्धारका लागि लगाइएको विज्ञप्तिमा जानकारी दिएको छ । […]