शनिवार ‘नेपालगञ्ज कोरा’ च्यालेन्ज आयोजना गरिँदै

सदरलाइन संवाददाता २९ असार २०८०, शुक्रबार १६:४५
 

नेपालगञ्ज : साइक्लिष्टहरुको महाउत्सवका रूपमा आयोजना गरिँदै आएको कोरा देशभरका प्रमुख शहरहरुमा शनिवार आयोजना गरिँदैछ । त्यसक्रममा नेपालगञ्ज कोरा–२०२३ आयोजना गरिन लागेको नेपालगञ्ज साइक्लिङ क्लबले जनाएको छ ।

नेपालगञ्जमा सन् २०१९ बाट नियमित आयोजना गरिंदै आएको कोराको यो पाँचौं संस्करण हो । नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले तयसका लागि आवश्यक तयारी अगाडी बढाइएको बताए ।

साइकल अभियन्ताका अनुसार, कोरा तिब्बती शब्द हो यसको अर्थ परिक्रमा भन्ने बुझिन्छ । काठमाण्डौमा पहिलोपटक सन् २०११ बाट शुरु गरिएको हो ।

नेपालगञ्ज साइक्लिङ क्लबका निवर्तमान अध्यक्षसमेत रहेका जिल्ला साइक्लिङ संघका अध्यक्ष गगनसिंह थापाले नेपालगञ्ज कोराको निरन्तरतामा साइकल अभियन्ताहरुको सहभागिता आवश्यक भएको औल्याए ।


साइकल मार्फत आफ्नो रुटभित्र पारेर यहाँ रहेका मन्दिर, गुम्बा, मस्जिद, चर्च, गुरुद्वारा लगायत धार्मिक स्थलको परिक्रमा गर्दै कोरा साइक्लिङ च्यालेन्ज पूरा गरिने आयोजक नेपालगञ्ज साइक्लिङ क्लबले जनाएको छ ।

अध्यक्ष निरौलाका अनुसार, १० किलोमीटर ,२५ किलोमीटर, ५० किलोमीटर र १०० किलोमीटरसम्म आ–आफ्नो रोजाईको दुरिमा यात्रा गर्न सकिने गरि कार्यक्रमको आयोजना गरिएको छ । क्लबले शनिबार बिहान् ६ बजे न्युरोड बौद्ध गुम्बाबाट शुरु गरिने कार्यक्रममा सहभागी हुन बाँकेबासी साइकल प्रेमिहरुलाई साइकल सहित उपस्थितिका लागि आव्हान गरेको छ ।

कोरा नेपाल बाहेकका विभिन्न देशमा समेत हुँदै आएको छ । नेपालगञ्जका स्थायी बासिन्दासमेत रहेका नेपालगन्ज साइक्लिङ क्लबका शुभेच्छुक पप्पु थापाले सिङ्गापुरबाट नै नेपालगञ्ज कोराको सहभागिता जनाउँदै सिङ्गापुरमै साइकल यात्रा गर्न लागेको क्लबले जनाएको छ ।

नेपालगञ्ज साइक्लिङ क्लबले २०७४ देखि निरन्तर रूपमा विभिन्न साइकलका इभेन्ट तथा प्रतियोगिता आयोजना गर्दै आएको छ । जसमा टुर दि ठाकुरद्वारा, मेयर कप साइकल दौड प्रतियोगिता र कोरा प्रमुख रहेको क्लबका सचीव प्रदीप सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगर १० मा कृषि हाट बजार सञ्चालन

२९ असार २०८०, शुक्रबार १६:४५
सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न हाट बजार सञ्चालनमा ल्याएको छ । कृषकहरुले उत्पादन गरेको कृषि उपज विक्रि वितरण गर्न सक्नेगरी वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा हाट बजार संचालनमा ल्याएको हो । १० लाख रकम लगानी गरेर सञ्चालनमा ल्याइएको हाट बजारको शुक्रबार उदघाटन गरिएको छ । उदघाटन […]