प्रेस चौतारीले मनायो २६औं स्थापना दिवस

सदरलाइन संवाददाता २२ माघ २०८०, सोमबार १४:१७
 

कोहलपुर (बाँके) : प्रेस चौतारीले २६औं स्थापना दिवस मनाएको छ । प्रेस चौतारीले कोहलपुरमा आयोजित स्थानिय निकायको विकास सञ्चारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरी आफ्नो सथापना दिवस मनाएको हो । ‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने मुल नाराका साथ कोहलपुर नगर कमिटिले २६औं स्थापना दिवस मनाएको हो ।

कोहलपुर नगर कमिटि अध्यक्ष प्रमोद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य रुद्र सुवेदीको प्रमुख अतिथिमा स्थापना दिवस मनाएको हो । यस्तै स्थापना दिवसका अवसरमा दुई जना पत्रकार सम्मानित भएका छन् । कोहलपुरमा लामो समयदेखि क्रियाशिल रुपमा लागेको भन्दै दुर्गा प्रसाद बेल्वासे स्मृति पुरस्कारबाट बैंकुण्ठ अधिकारी र पवित्रा परियारलाई सम्मान गरिएको हो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा, कार्यसमिति सदस्य डिल्ली शाही, प्रदेश सभा सदस्य बसन्ती अधिकारी, नेकपा एमालेका क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष बलराम भट्टराई, कोहलपुर नगरपालिका ११ का वडा अध्यक्ष कल्पना अधिकारी शर्मा लगायत कोहलपुरमा क्रियाशिल पत्रकार करिब २० जनाको सहभागिता रहेको थियो ।

प्रेस चौतारीका कोहलपुरका सचिव रवि रोकायले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरा बजारमा सात वर्ष वित्दासमेत सडक अधुरै

२२ माघ २०८०, सोमबार १४:१७
नेपालगञ्ज : बाँकेको खजुरा बजारमा सात वर्ष बित्दासमेत १.८ किलोमिटर सडक निर्माण सम्पन्न भएको छैन । सडक निर्माणको काम ३० महिनामा सम्पन्न गर्ने गरी २०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले २१ करोड ४९ लाखमा ठेक्का लिएको थियो । निर्माण कम्पनीको बेवास्ता र लापरबाहीका कारण बाँकेको खजुरा गाउँपालिकाको इलाका प्रहरी कार्यालय धनौलीदेखि १ […]