बीजेपीलाई भोट गएपछि मतदाताले काटे आफ्नै औँला

६ बैशाख २०७६, शुक्रबार १५:२४
 


सदरलाइनडटकम,

काठमाण्डौ : एक भारतीय मतदाताले झुक्किएर गलत राजनीतिक पार्टीलाई मत दिएपछि आफ्नो बायाँ हातको चोरी औँला काटेका छन् । बहुजन समाज पार्टीका समर्थक बताउने पवन कुमारले हतारमा गल्तीले भारतीय जनता पार्टीलाई भोट दिन पुगेपछि आफ्नो औँला नै काटेका छन् । ती युवकले गलत पार्टीलाई भोट दिएको कारण अफशोच जनाउँदै हातको औंला काटेको बताएका छन् ।
औंला काट्ने बित्तिकै ती युवकलाई अस्पताल लगिएको थियो र उपचारपछि उनलाई घर पठाइएको छ । उत्तर प्रदेशको बुलन्दशहरको कोतवाली क्षेत्रको अब्दुल्लापुर हुलासन निवासी २४ वर्षीय पवन बिहीवार मत खसाल्न गाउँकै मतदान केन्द्रमा गएका थिए । मतदानका क्रममा हतारिँदै उनले बहुजन समाज पार्टीको चिन्ह हात्तीको सट्टा भारतीय जनता पार्टीको चिन्ह कमलको बटन दबाएका थिए । ती युवकले गलत पार्टीलाई मत दिएपछि आत्मग्लानी भएको बताए ।
त्यसपछि रिसले चुर भएका ती युवाले घरमा गएर बायाँ हातको चोर औंला काटेका हुन् । धेरै पार्टीका चुनाव चिन्हका कारण आफू झुक्किएको ती युवाले बताए । भारतमा सातौं चरणमा चुनाव भइरहेको छ । मतगणना भने मे २३ मा हुनेछ । झण्डै ९० करोड योग्य मतदाता रहेको भारतको चुनावलाई विश्वकै ठूलो चुनावको रुपमा हेरिन्छ ।

Next Post

प्रतियोगितामा हालसम्म सेनानै अग्रपंक्तिमा

६ बैशाख २०७६, शुक्रबार १५:२४
सदरलाइनडटकम, नेपालगञ्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अहिले सम्म नेपाली सेनानै अग्रपंक्तिमा रहेको छ । सेना आफ्नो बर्चस्व यथाबतनै राखेको छ । अहिलेसम्म सम्पन्न १४ खेलमा ९७ स्वर्ण, ९६ रजत र १७२ कास्य पदकको छिानोफानो हुँदा त्रिभुवन आर्मीले बर्चश्व कायम गरेको छ । आर्मी अहिलेसम्म ३१ स्वर्ण, २७ रजत र […]