बाँकेमा लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता २८ असार २०८०, बिहीबार १४:४८
 

नेपालगञ्ज : बाँके प्रहरीले लेनदेन मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लेनदेन मुद्दामा फरार नेपालगञ्ज उपमहानगरपालिका वडा नं १७ का ४५ वर्षीय राजेन्द्र जैसवार कुर्मी पक्राउ परेका हुन् ।


कुर्मीलाई बाँके जिल्ला अदालतले मिति २०७९ माघ १३ गते सुनाएको फैसलाले लेनदेन मुद्दामा बिगो बापत १ बर्ष कैद सजाए सुनाएको थियो ।

फरार कुर्मीलाई बाँकेको प्रहरी टोलीले बिहीवार पक्राउ गरी जिल्ला अदालतमा बुझाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धम्बोझीमा स्व.राजा बिरेन्द्रको शालिक पुनःस्थापना गर्ने घोषणा

२८ असार २०८०, बिहीबार १४:४८
नेपालगञ्ज : नेपालगञ्जको मुटु धम्बोझीमा स्व. राजा बिरेन्द्रको शालिक पुनःस्थापन गर्न अभियानको शुरु भएको छ । मातृभूमि नवनिर्माण अभियान नेपालका संयोजक तेज बिक्रम शाहले स्व.राजा बिरेन्द्रको शालिक पुनस्र्थापन गर्न नेपालगञ्जको बिरेन्द्र चोक (धम्बोझी चोक) मा पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । धम्बोझी चोकमा कुनै पनि परिस्थितिमा स्व. राजा बिरेन्द्रको […]