वडाध्यक्ष मल्लद्वारा बिद्यालयलाई सहयोग

२२ माघ २०७५, मंगलवार १८:४७
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुमन मल्लले बिद्यालयमा खानेपानी धारा जडानका लागि तलब सहयोग गरेका छन् । आदर्श माबि खजुरालाई मल्लले एक महिनाको तलब सहयोग गरेका हुन् ।
प्राचार्य राजेन्द्र सापकोटा र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नरबहादुर खड्कालाई मंगलवार एक महिनाको १९ हजार ८०० रुपैयाँ हस्तान्तरण गरे । प्राचार्य सापकोटाले मल्लले गरेको सहयोगका लागि धन्यवाद दिए ।
मल्ले यसअघि एक बर्षको तलब भत्ता राधापुरको जयकिसान क्लब र ३ महिनाको तलब एमबिबिएस अध्यनरत डि गाउँकी प्रतिमा शर्मालाई सहयोग गरेका थिए ।

Next Post

विपद् पूर्वतयारी अन्तर्गत सामग्री हस्तान्तरण

२२ माघ २०७५, मंगलवार १८:४७
सदरलाइनडटकम, डुडवा (बाँके) : बाढी र डुबानबाट अति प्रभावित जिल्लाको डुडुवा गाँपालिकामा विपद् पूर्वतयारी तथा जोखिम न्युनिकरणका लागि उद्धार सामग्री हस्तान्तरण गरिएको छ । जिल्ला आपातकालिन कार्यसञ्चालन केन्द्रलाई आधार मानी नेपाल रेडक्रस सोसाइटी र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा विपद् पूर्वतयारी तथा विपद् जोखिम न्यूनिकरण कार्यक्रम र आपतकालिन स्वास्थ्य सेवा […]