चोरी शिकारी नियन्त्रण र संरक्षणमा युवाको भूमिका महत्वपूर्ण छ : मन्त्री चौधरी

सदरलाइन संवाददाता २० फाल्गुन २०७९, शनिबार १९:२६
 

कोहलपुर (बाँके) : लुम्बिनी प्रदेशका बन तथा वाताबरण मन्त्री दुर्गाप्रसाद चौधरीले चोरी शिकारी नियन्त्रण तथा पर्याबरणको संरक्षणमा युवाको सहभागिताले अर्थपूर्ण सन्देश दिने बताएका छन् ।

बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकाु समितिको आयोजनामा बन्यजन्तुको संरक्षण सबैको साझेदारी चोरी शिकारी नियन्त्रणमा युवाको सहभागिता भन्ने मूल नाराका साथ मनाईएको समुदायमा आधारित चोरी शिकारी नियन्त्रण युवा जागरण राष्ट्रिय अभियान दिवश २०७९ को कोहलपुरमा उद्घाटन गर्दै सो कुरा बताएका हुन ।

उनले बनको संरक्षण गर्नसके पर्याबरण पनि आफै संरक्षण हुने कुरामा जोड दिदै घाँस दाउराको विकल्प बन क्षेत्र हुन नहुने गरी यसको विकल्प खोज्न आवश्यक रहेको औल्याउदै भने–‘ हामीले संरक्षणको लागि घाँस दाउराको लागि बनको भर पर्ने अर्थत बनमाथिको परनिर्भरताको विकल्प खोज्न सके पर्याबरण पनि जोगिने र बन्यजन्तु पनि संरक्षित हुने छन ।’


उनले पर्यावरणलाई सन्तुलित बनाउन जीव जन्तुको अत्यन्त भूमिका हुने भएकोले यसको संरक्षणमा युवा जोडिनु अत्यन्त हर्षको विषय रहेको उल्लेख गरका थिए । उनले कर्मचारी तन्त्रमा पछिल्लो समय राजनीतितन्त्र हावी भएको भन्दै कर्मचारी स्थायी सरकार भएको उल्लेख गर्दै आफ्नो काम कर्तव्य र दायित्व ईमानदारी पूर्वक निर्वाह गर्न आग्रह गरे ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले चोरी शिकारी नियन्त्रणमा युवाको सहभागिताको कारण निकुञ्ज भित्र चोरी शिकारी शुन्यमा झार्न सफल भएको बताए । उनले समुहमा आधारित विभिन्न ९ वटा समितिमार्फत युवाहरुको सहभागिताले मानव बन्यजन्तु द्वन्द्वपनि न्युनिकरण हुँदै गएको दाबी गरे ।

बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकाु समितिका अध्यक्ष गेहेन्द्र कुमार खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोहलपुर नगरपालिकाकी उप प्रमुख संगिता सुवेदी, सामाजिक विकास समिति संयोजक ईश्वरी विक, राप्ती सोनारी गाउपालिका वडा नं. ८ का वडा अध्यक्ष सलिकराम डाँगी, होमस्टे महासंघका महासचिव कृष्णलाल चौधरीलगायतले आ–आफ्नो भनाई राखेका थिए ।

समुदाय स्तरबाट चोरी सिकारी नियन्त्रणको लागि ९ वटा उपभोक्ता समुह मार्फत करिव १ हजार ५ सय युवाहरु सक्रिय रुपमा सहभागी रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुराको महायज्ञस्थलमा लक्ष्मी नारायणको नयाँ मुर्ति भित्र्याइयो

२० फाल्गुन २०७९, शनिबार १९:२६
खजुरा (बाँके) : बाँकेको खजुरामा अवस्थित लक्ष्मीनारायण मन्दिरमा नयाँ मुर्ति स्थापना गरिएको छ । २०४३ सालमा स्थापना भएको सो मन्दिरको मुर्ति खण्डित भएकोमा आइतवार बिधिपूर्वक नयाँ मुर्ति स्थापना गरिएको हो । नौमती बाजासहित भक्तजनहरुको ठुलो उपस्थितीमा मन्दिर परिषरमा नारायण र लक्ष्मीको मुर्ति भित्राइएको छ । प्राण प्रतिस्ठाको बिधि अनुसार ३ […]