कर्णाली डिस्टिलरी खजुराले अदालतको आदेश टेरेन

२७ असार २०७५, बुधबार १९:४०
 

सदरलाइनडटकम
नेपालगन्ज : उद्योगबाट निस्केको फोहर सिधै खोलामा मिसाउदा जन स्वास्थ्यमा असर पुगेको भन्दै अदालतले फोहर खोलामा नमिसाउन दिएको आदेशको उद्योगले कार्यान्वय नगरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।
बाँकेको जानकी गाँउपालिकामा रहेको कर्णाली डिष्टिलरीले २०७३ साल चैत्र ३ गते उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले स्थानीय किरण नालामा फोहोर नफाल्न र वातावरणलाई असर नपुग्ने गरी फोहोरमैला व्यवस्थापन गर्न दिएको आदेश पालना नगरी उद्योगबाट निस्केको फोहर निरन्तर खोलामा नै फालेको भन्दै स्थानीय आक्रोशित भएको हो ।
उच्च अदालत वार एसोशियसन नेपालगन्जले आयोजना गरेको कार्यक्रममा कर्णाली डिस्टीलरीले अदालतको निर्णय लत्याएको भन्दै स्थानीयले आक्रोश पोखेका हुन् ।
डिस्टीलरीले किरणनालामा फोहोर मिसाउदा अन्नवाली तथा पशु चौपायमा ठूलो नकरात्मक असर पुगेको स्थानीयको दाबी छ । कार्यक्रममा राष्टिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेल, अधिवक्ता प्रह्लादवहादुर कार्की, सुनिल श्रेष्ठ, वसन्त गौतम लगायतले फैसला कार्यान्वयनका पक्षमा भनाई राखेका थिए ।
यसैबीच कर्णाली डिस्टिलरीले मात्र नभएर डुडुवामा रहेको भेरी डिस्टीलरीले पनि उद्योगको फोहर सिधै डुडुवा नालामा पाल्ने गरेको पाईएको छ । डुडुवा कम्दीका स्थानीय मिनबहादुर थापाले भेरी डिष्टिलरीले आफ्नो उद्योगबाट निस्केको फोहर सिधै डुडुवा नदीमा फाल्ने गर्दा बाताबरण प्रदुशण भएको बताए । उनले भने–‘जति भने पनि उद्योगले स्थानीयको कुरा सुन्दैन दुगन्धित बाताबरणमा बस्न बाध्य भएका छौ ।’

Next Post

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा छात्रबृत्ति वितरण

२७ असार २०७५, बुधबार १९:४०
सदरलाइनडटकम नेपालगन्ज : महालक्ष्मी विकास बैंक लिमिटेड नेपालगन्जले ५ जना सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नेपालगन्ज उप–महानगरपालिका–१ को धम्वोझी माध्यमिक विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत जेहन्दार तथा गरीब ५ जना विद्यार्थीलाई नगद रकम सहित छात्रबृत्ति बितरण गरीएको हो । […]

सम्बन्धित