डडेलधुरामा मोती उत्पादनको तयारी

सदरलाइन संवाददाता १८ असार २०८०, सोमबार १३:१८
 

डडेलधुरा : सुदूरपश्चिममा पहिलो पटक सरकारको अनुदानमा मोती उत्पादन शुरु गरिने भएको छ । डडेलधुरा जिल्लाको भित्री मधेश परशुराम नगरपालिका–४, कटालमा ८० प्रतिशत सरकार र २० प्रतिशत रकम निजी लगानीकर्ताबाट मोती उत्पादन शुरु हुन लागेको हो । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय अन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय डडेलधुराको सम्भाव्यता अध्ययनपश्चात् कटालमा आवश्यक पूर्वाधार निर्माणको काम थालिएको छ ।

मोती उत्पादन गर्न समुद्री जीव सिपी आवश्यक पर्छ । स्थानीय चक्र मालले मोती उत्पादनका लागि घरेलु तथा साना उद्योग कार्यालय डडेलधुरासँग सम्झौता गरेर पोखरी निर्माण गरेका छन् ।

प्रकृतिको सबैभन्दा सुन्दर सिर्जना मोती अर्थात् (पर्ल)लाई मानिन्छ । मोती संसारमा एक मात्र यस्तो रत्न हो जुन जीवित प्राणीबाट उत्पादन हुन्छ । हामीले उपभोग गरिरहेको सिपी नै मोतीको मुख्य स्रोत भएको भनाइ उनको छ । सिपीको शल्यक्रिया गरी न्युक्लियस राखेपछि मोती उत्पादन हुने बताइन्छ ।


एक किरामा नौ वटा दाना मोती झिक्न सकिन्छ । मोती उत्पादनका लागि घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालक मालसँग २५ लाख रुपैयाँ बराबरको सम्झौता गरेको छ ।

एउटा पोखरीमा एक हजार दुई सयदेखि एक हजार तीन सयसम्म सिपी पाल्न सकिने उनले बताए । शुरुवातमा तीन हजार छ सय सिपी पाल्ने योजना रहेको छ । यसका लागि उनले भारतमा आवश्यक तालिम लिएको जानकारी गराए । सिपी भारतबाट ल्याई पोखरीमा प्रेस गराई एक सातामा न्युक्लियस प्रत्यारोपण गरेपछि मोती उत्पादन हुने उनले बताए । यसको बजार पनि भारत नै भएको उनको भनाइ छ ।

गएको वर्ष मात्रै मोती जडित गरगहनाका लागि नेपालीबाट ४७ करोड रुपैयाँ खर्च भएको एक तथ्याङ्कले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य संयोजककी श्रीमतीनै नक्कली स्वास्थ्यकर्मी

१८ असार २०८०, सोमबार १३:१८
बैतडी : पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक रामसागर साहकी श्रीमती नक्कली स्वास्थ्यकर्मी बनेर बिरामीलाई सुई लगाउँदा लगाउँदै पक्राउ परेकी छन् । उनको साथबाट प्रहरीले औषधी र सुईसमेत बरामद गरेको छ । स्वास्थ्य शाखा संयोजक साहले श्रीमती श्यामा साहलाई जनकपुरबाट पञ्चेश्वर बोलाई औषधी पसल सञ्चालन गर्न लगाएका थिए । उनले श्रीमतीको नाम […]