नरैनापुरको जमुनाहाबाट हरिणको उद्धार

सदरलाइन संवाददाता १८ माघ २०७७, आईतवार १७:१९
 

नरैनापुर (बाँके) : बाँकेको नरैनापुरमा एक माउ हरिणको उद्धार गरिएको छ । नरैनापुर गाउँपालिका वडा नं ५ जमुनाहामा कुकुरले लखेट्दै गरेको माउ हरिणलाई स्थानीयले उद्धार गरेका हुन् ।

आइतवार बिहान ८ बजे हरिणलाई कुकुरले लखेटेको अवस्थामा स्थानीयले देखेका थिए । उद्धारपछि सशस्त्र प्रहरी बल नरैनापुरको टोली पुगी गाउँपालिका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाहको उपस्थितिमा मुचुल्का गरी स्थानीय सामुदायिक वनमा छाडिएको छ ।


गाउँपालिका अध्यक्ष शाह, इलाका वन कार्यालय वन रक्षक सुरज प्रसाद ठाकुर र राजेश श्रीवास्तवको रोहवरमा स्थानीय गाजी सामुदायिक वनमा आइतवार दिउँसो छाडिएको सशस्त्र प्रहरी नायब निरीक्षक हर्कबहादुर थापाले जानकारी दिए ।

Next Post

कोरोनाबाट बाँकेमा एकजनाको मृत्यु

१८ माघ २०७७, आईतवार १७:१९
नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा एक जनाको मृत्यु भएको छ । कैलालीको जोशीपुर ३ का ८३ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा आइतवार विहान मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि माघ ६ गते भर्ना भएका उनमा माघ ७ गते कोरोना पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका […]

सम्बन्धित